कात्तिक २२ बाट चलचित्र ‘सरौतो’

चलचित्र ‘सरौतो’ कात्तिक २२ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा नव–नायिका सुमी मोक्तान मुख्य भूमिकामा छिन् । चलचित्रको एक गीत र टिजर सार्वजनिक भैसकेको छ । बदलाको कथामा बनेको यो चलचित्रमा सुमीलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

चलचित्रमा सुमी बोल्न सक्दिनन् । यसका लागि उनले काठमाण्डौ बहिरा संघमा गएर केही समय बिताएकी समेत थिइन् । उनै, सुमीले आफ्नो जन्मदिन मनाउन पनि बहिरा संघलाई नै रोजेकी छिन् । उनले, बहिरा संघमा पुगेर जन्मदिन मनाउन पाउँदा निकै खुशी लागेको भन्दै आफूलाई समेत धेरै प्रेरणा मिलेको बताइन् ।

सुमीले चलचित्रका लागि काम गर्नु अगाडि बहिरा संघमा केही समय बिताएपनि यसपछि भने यहाँ नपुगेको बताइन् । अहिले पुगेर समय बिताउन पाउँदा खुशी लागेको उनको तर्क थियो । चलचित्रका लागि सुमीले एक्सनमा समेत मिहिनेत गरेकी छिन् । हरि हुमागाँइले यो चलचित्रको निर्देशन गरेका हुन् ।

चलचित्रमा सुमीको अलवा सन्नी सिंह , लियो ट्यांक , विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस