काठमाडौँ । विगत केहि समयदेखि एउटै लयमा निरन्तर गायक सुरेन भण्डारी लागिरहेका छन् । उनलाई संगीतको मोहले जसरी छोयो, त्यसरी नै सुदुरको भाकालाई पनि उनले छोड्न सक्दैनन् ।
सुदुरको भाका देउडा मार्फत आफ्नो पहिचान बनाउने उनको लक्ष्य छ । सांगीतिक यात्रामा उनी कयौँ बाधा अड्चनहरु झेल्दै अहिले सम्म पनि उहि लय उहि भाकामा भुलिरहेका छन् , उनी यसमै रमाईरहेका छन् । “सुदुरलाई चिनाउने बाटोमा हिडिरहेको एक यात्री हुँ, आशा छ एकदिन कसो सुदुरले मलाई नचिनाउला”, उनी भन्छन्,“जति पनि गित गरे केबल मेरा लागी मात्र कहिल्यै गरिन, सिंगो सुदुरको माटो, सुदुरको सुगन्धलाई सारा नेपाली माझ पुर्याउन लागी परे ।”
संगीतको कर्म संगै उनी संचारकर्ममा पनि आवद्द छन् । अहिले उनी केवल संगीतको यात्रालाई अघि बढाउने दौडमा छन्, अवरोध र चुनौतिहरु त केहि होलान् तर पनि विभिन्न बाधा अड्चनलाई छिचोल्दै उनी यस यात्रालाई एउटा निश्चित बिन्दु सम्म पुर्याउन चाहान्छन् ।
“कलाकार भन्दा पनि कलाकरिता मेरो रुचि हो , कलाकार त भए भएन थाहा छैन । सबैले कलाकार भन्दा आफूलाई बेग्लै आनन्दको महशुस त हुन्छ नै, अरुले कलाकार भन्दा अझै मलाई त झन् सुदुरकै भाकालाई जोड दिउ लाग्छ,”उनी मुस्काउदै भन्छन्,“कलाकार हुन गाह्रो पनि छ नि ! मेला लाग्छ , महोत्सब हुन्छ मैले मेरै परिवेशलाई मात्र हेरिराको छु तर मलाई भने अल्लि नहेर्दा चित्त दुख्छ ।”
लगभग आधा दर्जन गीतहरु उनले देउडा भाषामै बजारमा ल्याएका छन् । व्यवसायीक रुपमा त्यती सफल हुन नसके पनि उनका भाकाले सुदुरपश्चिमेलीको मनलाई भने पक्कै तानेको छ । उनका गीतहरुलाई मन पराइयो भनेर सिधै यसरी अड्कल गर्न सकिन्छ कि उनका यस अघिका गितलाई टिकटक लगायत विभिन्न संजालमा रुचाइएको थियो ।
उनै गायक सुरेनले हालै पनि पुन : सुदुरकै भाषामा नयाँ गीत ल्याएका छन् । गीतको बोल “रतन चणी ईजु” हो । गीतमा सुरेनकै शब्द/संगीत तथा स्वर रहेको छ । उनलाई गीतमा गायिका लक्ष्मी आचार्यले साथ दिएकी छन् । केहि समय अघि मात्र सार्वजनिक गरिएको गीतमा चर्चित टिकटकर मिस पबिलाई देख्छ सकिन्छ । उक्त गीत गायिका आचार्यकै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।