दाङ । फल्ने समयमा धानमा रोग लागेपछि दाङका किसान चिन्तित बनेका छन् । कीराले पसाउने बेलामा बाला टुक्रा–टुक्रा बनाइदिने गरेको किसानको गुनासो छ। “पहिले गोबारो कीरा लाग्यो, अहिले बालालाई काटेर टुक्रा–टुक्रा बनाउने रोग आएको छ”, तुलसीपुर उपमहानगरपालिका–७ निवासी किसान भागिरथ […]
बाँके । गत वर्ष वर्षा नहुँदा धान रोपाइँ हुन नसकेपछि सुख्खा क्षेत्र घोषणा गरिएको बाँकेको नरैनापुर गाउँपालिकामा यस वर्ष पनि ३० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार सो गाउँपालिकामा हालसम्म पनि पर्याप्त वर्षा हुन नसकेकाले […]
दाङमा गत वर्ष सरकारले आउँदो वर्ष मल अभाव हुँदैन, भनेर किसानलाई भन्यो । तर, यस पटक पनि किसानहरूले मल पर्याप्त मात्रामा पाउन सकेका छैन् । बारीको मकैमा मल हाल्ने बेला भयो । खेतमा धान रोप्नको लागि तयारी भइरहेको छ । […]
दाङ । दंगीशरण गाउँपालिकाका काउलि कृषक समुह दंगीशरण १ रामपुरको आयोजना तथा दंगीशरण गाउँपालिकाको ५० प्रतिशत आर्थिक सहयोगमा मकै पकेट कार्यक्रम कृषि औजार सामाग्री हस्तान्तरण कार्यक्रम वडा नं. १ को रामपुरमा सम्पन्न भएको छ । संघिय कार्यक्रम अनुसार कृषि […]
काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । संसदमा आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सो क्षेत्रका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताए । चालु […]
घोराही। दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिनमा लगाएका बन्दागोभी बिक्री नहुँदा मारमा परेका छन् । तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक खेती गर्दै आएका उनको तयारी अवस्थामा रहेको बन्दागोभी हालसम्म बिक्री […]
जानकी (बाँके) । जानकी गाउँपालिकाको पशु सेवा शाखा मानपुरले बाख्रा वितरण गरेको छ । कृषि खाध्य प्रविधी तथा भुमी व्यवस्था मन्त्रालय लुम्विनी प्रदेशबाट अनुदान प्राप्त र जानकी गाउँपालिकाको समन्वयमा बुधवार वडा नम्वर ४ का असहाय गरिब किसानहरुलाई बाख्रा वितरण गरिएको […]
नेपालगञ्ज । भारततर्फ निकासी गर्ने गरी यहाँ संकलन गरिएको जडीबुटी निकासी हुन नसक्दा सड्ने अवस्थामा पुगेको छ । दुई वर्षअघि यहाँ खरिद गरी भारत निकासी गर्न तयार गरिएको ७ सय टन जडीबुटी कुहिने अवस्थामा पुगेको हो । भारत सरकारले नेपालको ल्याबलाई मान्यता […]
सर्लाही । चन्द्रनगर गाउँपालिकाले गाउँपालिकाभित्रका किसानलाई कृषि मिटर उपलब्ध गराउने भएको छ । किसानलाई खेती गर्न सहज बनाउँदै आधुनिकतातर्फ लैजाने उद्देश्यले विद्युत् प्राधिकरणसँग समन्वय गरी कृषि मिटर जडान गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए । विद्युत् मिटरका लागि […]
दंगीशरण । दंगीशरण–१ कालीतराका लालबहादुर विश्वकर्माले आफ्नो बारीमा लगाएको मकै सग्लो भित्र्याउन नपाएको धेरै वर्ष भयो । त्यस क्षेत्रका सबैले सग्लो खेती भित्र्याउन पाउँदैनन् । फुर्केसल्लीमा रहेका हाउरे, साङ्ले, लामितरा, कोट, ठाँटी, कालितरा र बुकाखोलाका स्थानीय बालीबोट सग्लो भित्र्याउन नपाएपछि […]