दुर्गेश थापा दुर्गा बनेर आउदै

 दाङ । फोटोमा झट्ट हेर्दा कसैले चिन्दैन । अनुमानै गर्न गाह्रो छ । तर, उनी अरू कोही नभएर नेपाली संगीत क्षेत्रका एक चर्चित पात्र दुर्गेश थापा हुन्।
हो, दुर्गेशले यसपालिको तिज गीतमा नयाँ प्रयोग गरेका छन् । सुपरहिट सांगीतिक सिक्वेल ‘बीच्च बीच्चमा’ को छैटौँ शृङ्खलामा उनलाई यस्तो रूपमा देख्न पाइने छ । गीत भोलि रिलिज हुँदै छ युट्युबमा ।
 
गीतको नाम छ- दुर्गेश होइन, दुर्गा नाच्छे बीच्च बीच्चमा । गीतको भिडियोमा दुर्गेश तेस्रोलिंगीको रूपमा देखिने भएका हुन् । भिडिओको फर्स्ट लुकले नै दर्शकमा गीतप्रति कौतूहल पैदा गर्न सक्छ ।
 
यस गीतमा लिरिक्स र म्युजिक दुर्गेशको आफ्नै रहेको छ । गायनमा उनलाई सुमित्रा कोइरालाले साथ दिएकी छन् । भिडिओको निर्देशन मौसम हिमालीले गरेका छन् । प्रकाश भुजेलले भिडिओमा दुर्गेशलाई साथ दिएका छन् ।
 
लामो समयदेखि संगीत क्षेत्रमा संघर्षरत दुर्गेशले सन् २०१९ मा ल्याएको ‘हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा’ बोलको गीतबाट ख्याति कमाएका थिए । त्यसयता उनले पछाडि फर्केर हेर्नुपरेको छैन ।
प्रतिक्रिया दिनुहोस