यसरी बन्दै छ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (फोटो फिचर)

काठमाडौं । धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम तिव्र रुपमा भइरहेको छ । फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले संयुक्त रूपमा डोजर चलाएर सो रंगशाला निर्माण कार्यको उद्घाटन गरेका थिए।

फाउण्डेसनको पहलमा स्वमयसेवक परिचालन गरेर उक्त रंगशाला निर्माण कार्य सम्पन्न गर्ने लक्ष लिइएको छ । रंगशालाको अनुमानित लागत ३ अर्ब लाग्ने बताएको छ ।

निर्माण कार्य शुरु भएपनि रंगशाला निर्माणलाई आवश्यक पर्ने पुँजीभने हालसम्म जम्मा ८ करोड मात्र जम्मा भएको फाउण्डेसनका अध्यक्ष कट्टेलले बताएका छन् ।

(फोटो फिचर)

हाम्रो अपिल
जनस्तरबाट बन्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा जोडिनका लागि कर्मचारीले केही दिनको खाजा खर्च जोगाउँदा पनि करोडौँ उठ्न सक्छ । लाखौँ विद्यार्थीले एक दिनको खाजा खर्च सहयोग गरे अपनत्व महशुस हुनेछ । उद्योगी व्यापारीले राष्ट्रिय गौरवको यो सामाजिक काममा दिल खोलेर सहयोग गर्न सके भोलि हाम्रै व्यावसायमा सहयोग पुग्नेछ । राजनीतिकर्मी वा पेसाकर्मीले १ महिना र १ हप्ता र १ दिन बराबरको सहयोग गरिदिनुभए यो काम सबैले मिलेर सम्पन्न गरेको भन्न पाइनेछ ।
छाक मारेर हैन गाँस काटेर, घर बिगारेर हैन फजुल खर्च रोकेर, अभाव बोकेर हैन प्रभाव बुझेर मुठी, मानो, मुरी, रुपियाँ, सय, हजार, लाख, करोड आआफ्नो क्षमताअनुसार सहयोग गरिदिनुहुन हामी हार्दिक अनुरोध गर्दछौँ ।
मनकारी महानुभावहरुले सहयोग संकलन समिति गठन गरी सहयोग संकलन गर्न सक्नुहुनेछ । र सहयोग संकलन समिति गठन गरेको जानकारी धुर्मुस सुन्तली फाउण्डेशनलाई

dhurmussuntali47@gmail.com मार्फत पठाई स्विकृती लिनु पर्नेछ ।
यहाँहरुको जानकारीका लागि हाम्रो सम्पर्क नंबर ०१४४८२९७१(काठमाण्डौं), ०५६५९१९२८(चितवन), ९८४१२२९९१२ र ९८०३४७२४७६ मा सम्पर्क गर्न सक्नुहुनेछ। आउनुहोस यो राष्ट्रिय गौरवको परियोजनामा सहभागी बन्नुहोस ।‘राष्ट्र निर्माण,तपाई हाम्रो अभियान’

प्रतिक्रिया दिनुहोस