प्रचण्ड-माधव समूहका ११जना सांसदहरु ओली नेतृत्वको नेकपामा थपिदै (सूचीसहित)

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको अत्याधिक बहुमत हुने निश्चित भएको छ । हाल पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालले नेतृत्व गरेको समूहमा ८५ जना सांसदहरु खुलेका छन् भने प्रधानमन्त्री ओली समूहमा पनि ८५ जना नै खुलेका छन् । जसमा केही सांसद खुलेका छैनन् ।

बामदेब गौतम, लालबाबु पण्डित सहित थप ४ जना प्रधानमन्त्री ओली तिर खुल्ने भएका छन् । थप चार जना ओली समूहमा खुलसँगै ८९ मा पुग्ने भएको छ । त्यस्तै थप थप ७ सांसदहरु पनि २ दिनमा ओली समूह तिर आँउने श्रोतले बताएको छ । यो सँगै ओली समूहमा जम्मा ९६ पुग्ने भएको छ । यो सँगै माधव–प्रचण्ड समूहमा अल्पमतमा पर्ने निश्चित भएका छन् । त्यती मात्र नभई दुई दिनमा अन्य सात जना सांसदहरु समेत ओली नेतृत्वको नेकपामा प्रवेश गर्ने भएका छन् । उक्त संकेत पाएसँगै प्रचण्ड–माधव समूहले संसदमा प्रधानमन्त्री ओलीविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव समेत अगाडी नवढाउने भएका छन् । संबैधानिक रुपमा एक पटक अविश्वासको प्रस्ताव दर्ता गरेपछि पुनः लैजान एक वर्ष कुर्नुपर्ने हुन्छ । त्यसैले अब माधव–प्रचण्डले प्रधानमन्त्री ओली विरुद्ध संवैधानिक रुपमा समेत अविस्वासको प्रस्ताव लैजाने अवस्था अन्त्य भएको छ । प्रत्येक दिन जसो सांसद तथा नेताहरुले आफ्नो साथ छोड्दै गएपछि प्रचण्ड–माधव समूहमा एक प्रकारको राजनीतिक भुकम्प नै जान थालेको छ ।

ओली नेतृत्वको नेकपामा हाल खुलेका सांसदहरु

१) केपी शर्मा ओली २) इश्वर पोखरेल ३) विष्णु पौडेल ४) सुवास चन्द्र नेम्वाङ्ग ५) बसन्त कुमार नेम्वाङ्ग ६) लाल प्रसाद सावा ७) राजेन्द्र गौतम ८) राजेन्द्र राई ९) घनश्याम खतिवडा १०) भानुभक्त ढकाल ११) बिशाल भट्टराई १२) लिला नाथ श्रेष्ठ १३) रघुविर महासेठ १४) पार्वत गुरुङ्ग १५) भुमि प्रसाद त्रिपाठी १६) खेम प्रसाद लोहनी १७) कृष्ण ब राई १८) कृष्ण गोपाल श्रेष्ठ १९) महेश बस्नेत २०) नवराज सिलवाल २१) गोकुल बास्कोटा २२) कृष्ण प्रसाद दाहाल २३) पाल्देन छोपाड गुरुङ्ग २४) खगराज अधिकारी २५) विद्या भट्टराई २६) जगत बहादुर सुनार २७) कृष्ण कुमार श्रेष्ठ २८) केदार सिग्देल २९) नारायण प्रसाद मरासीनी ३०) पद्मा कुमारी अर्याल ३१) तिलक ब महत ३२) प्रेम प्रसाद तुलाचन्द ३३) भुपेन्द्र ब थापा ३४) सुर्य प्रसाद पाठक ३५) पदम गिरी ३६) प्रदिप ज्ञवाली ३७) छविलाल विश्वकार्मा ३८) दलबहादुर राना ३९) बृजेष कुमार गुप्ता ४०) नन्दलाल रोक्का क्षेत्री ४१) हृदेश त्रिपाठि ४२) रविन्द्र राज सर्मा ४३) नवराज राउत ४४) लाल ब थापा ४५) प्रेम आले ४६) नारदमुनि राना ४७) गणेश सिं ठगुन्ना ४८) दामोदर भण्डारी ४९) नर ब धामी ५०) भैरव ब सिं ५१) विजय सुब्बा ५२) मोहन बानिया ५३) मोतिलाल दुगड ५४) थम माया थापा ५५) डा. शिवमाया तुम्बाहम्फे ५६) सुजिता साक्य ५७) विना श्रेष्ठ ५८) नविना लामा ५९) शान्तिमया पाख्रिन ६०) कुमारी मेचे ६१) राधा कु ज्ञवाली ६२) विन्दा पाण्डे ६३) गोमा देवकोटा ६४) निरु देवि पाल ६५) मनकुमारी जिसि ६६) विष्णु सर्मा ६७) सरिता न्यौपाने ६८) मैना कुमारी भण्डारी ६९) तर्था गौतम ७०) शान्ता चौधरी ७१) विमला विश्वकर्मा (बर्दिया) ७२) आशाकुमारी विक ७३) जुली कु महोतो ७४) रेखा कु झा ७५) सरीता कु गिरी ७६) टोप ब रायामाझी ७७) लेख राज भट्ट ७८) प्रभु साह ७९) गौरी संखर चौधरी ८०) सेर बहादुर तामाङ्ग ८१) यज्ञ बोगटी ८२) रामविर मान्नधर ८३) धन ब बुढा ८४) माया न्यौपाने गेवाली ८५) बिमला बि क (झापा)

माधव-प्रचण्ड नेतृत्वको नेकपामा हाल खुलेका सांसदहरु

१) पुष्पकमल दाहाल प्रचण्ड २)झलनाथ खनाल ३) माधवकुमार नेपाल ४) सुदन किराती ५) शिवकुमार मण्डल ६) हेमकुमार राई ७) रामकुमारी चौधरी ८) अमनलाल मोदी ९) सुरेशकुमार राई १०) सुरेशचन्द्र दास ११) चाँदतारा कुमारी १२) दिलकुमारी १३) बोधमाया यादव १४) मातृकाप्रसाद यादव १५) धर्मशिला चापागाईं १६) इन्दुकुमारी शर्मा १७) हरिबोल गजुरेल १८) हितबहादुर तामाङ १९) पम्फा भुसाल २०) शशि श्रेष्ठ २१) श्यामकुमार श्रेष्ठ २२) अञ्जना बिशंखे २३) गंगाबहादुर तामाङ २४) देवप्रसाद गुरुङ २५) देवेन्द्र पौडेल २६) यशोदाकुमारी गुरुङ सुवेदी २७) हरिराज अधिकारी २८) अमृता थापा २९) चुडामणि खड्का ३०) दुर्गाकुमारी विश्वकर्मा ३१) कमला रोका ३२) टेकबहादुर बस्नेत ३३) वर्षमान पुन ३४) रामेश्वर राय यादव ३५) शक्तिबहादुर बस्नेत ३६) सत्य पहाडी ३७) कृष्णबहादुर महरा ३८) सुरेन्द्रकुमार कार्की ३९) गिरिराजमणि पोखरेल ४०) विना मगर ४१) छक्कबहादुर लामा ४२) राजवबहादुर बुढाक्षत्री ४३) पार्वतीकुमारी बिशुन्के ४४) दुर्गाबहादुर रावत ४५) सुरेन्द्रप्रसाद पाण्डे ४६) घनश्याम भुसाल ४७) योगेश भट्टराई ४८) ध्रुवकुमार शाही ४९) जनार्दन शर्मा ५०) जयपुरी घर्ती ५१) रेखा शर्मा ५२) पूर्णकुमारी सुवेदी ५३) ओनसरी घर्ती ५४) सन्तकुमार थारू ५५) महेश्वरजंग गहतराज ५६) गजेन्द्रबहादुर महत ५७) चक्रपाणि खनाल ५८) जीवनराम श्रेष्ठ ५९) गणेशकुमार पहाडी ६०) सरला यादव ६१) पुष्पाकुमारी कर्ण कायस्थ ६२) कृष्णलाल महर्जन ६३) नारायणप्रसाद खतिवडा ६४) कृष्णभक्त पोखरेल ६५) गोकर्ण बिष्ट ६६) विरोध खतिवडा ६७) रामकुमारी झाँक्री ६८) कल्याणीकुमारी खड्का ६९) यज्ञराज सुनुवार ७०) समिना हुसेन ७१) जयकुमार राई ७२) मेटमणि चौधरी ७३) हीराचन्द्र केसी ७४) गंगा चौधरी ७५) लक्ष्मीकुमारी चौधरी ७६) भवानीप्रसाद खापुङ ७७)झपटबहादुर रावल ७८) पबित्रा निरौला ७९) निरीदेवी जैरु ८०) डा. दीपकप्रकाश भट्ट ८१) कलिला खातुन ८२) सोमप्रसाद पाण्डेय ८३) विनादेवी बुढाथोकी ८४) भीमबहादुर रावल ८५) मुकुन्द न्यौपाने

प्रतिक्रिया दिनुहोस