बलिउड चलचित्र ‘छिछोरे’ को १०० करोडको व्यापार पूरा

एजेन्सी– नितेश तिवारीको निर्देशन रहेको बलिउड चलचित्र ‘छिछोरे’ १०० करोडको व्यापार पूरा गरेर अगाडि बढेको छ।

सेप्टेम्बर ५ बाट प्रदर्शनमा आएको चलचित्रले १२ औँ दिन १०० करोडको व्यापार पूरा गरेको थियो। चलचित्रले चौधौँ दिनसम्म आइपुग्दा १०९.३० करोडको व्यापार गरेको बलिउड व्याएजेन्सी– नितेश तिवारीको निर्देशन रहेको बलिउड चलचित्र ‘छिछोरे’ १०० करोडको व्यापार पूरा गरेर अगाडि बढेको छ।

सेप्टेम्बर ५ बाट प्रदर्शनमा आएको चलचित्रले १२ औँ दिन १०० करोडको व्यापार पूरा गरेको थियो। चलचित्रले चौधौँ दिनसम्म आइपुग्दा १०९.३० करोडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।पार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।

पहिलो हप्ता ६८.८३ करोडको व्यापार गरेको चलचित्रले दोस्रो हप्तासमेत उत्कृष्ट व्यापार गर्दै आफ्नो आक्रामक व्यापारलाई निरन्तरता दिएको छ।

चलचित्रको राम्रो माउथ पब्लिसिटीका कारण व्यापारमा सहयोग पुगेको बताइएकाे छ। चलचित्र विश्लेषकले समेत चलचित्रको तारिफ गरेका छन्। चलचित्रमा कलेज जीवन र सहपाठीहरुसँगको सम्बन्धलाई देखाइएको छ।

‘छिछोरे’मा सुशान्तसिंह राजपूत र श्रद्धा कपूरका साथै वरुण शर्मा, ताहिर राज भासिन, नविन पोलिशेट्टी, तुषार पाण्डे लगायतको मुख्य अभिनय रहको छ।

नितेश तिवारीले यसअघि आमिर खानको चलिचित्र ‘दंगल’को निर्देशन गरेका थिए। ‘दंगल’ बलिउडको सर्बाधिक सफल चलचित्र हो।

प्रतिक्रिया दिनुहोस