बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको अवरोध हटाउन चार बुँदे सहमति

काठमाडौं । काठमाडौंको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न भइरहेको अवरोध अन्त्य गर्न बुधबार साँझ सहमति भएको छ ।

काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध अन्त्य गर्ने ४ बुँदे सहमति भएको हो ।

फोहोर बोक्ने गाडीले बाटोमा लिच्चड चुहाउन नपाउने, बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा दैनिक गन्ध नआउने औषधि छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र जेठ २६ गतेमा भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस