डिएसपी काे रक्तदान पछि सुत्केरीकाे सफल सल्यक्रिया,जन्मीए जुम्ल्याहा छाेरा

डोल्पा :- जिल्ला अस्पताल डाेल्पामा आईतबार भएकाे एक गर्भवती महिलाकाे सल्यक्रिया सफल भएकाे छ । मुड्केचुला गाउपालिका वडा नं ६ नर्कु कि २० बर्ष कि अनिता बाेहाेरा (शाही) काे आईतबार जिल्ला अस्पताल डाेल्पामा सल्यक्रिया पछि दुई वटा जुम्ल्याहा छाेरा जन्मीएका छन ।

जिल्ला अस्पताल डाेल्पामा कार्यरत स्थ्री राेग बिशेषज्ञ डाक्टर शंकर प्रसाद रावत काे नेतृत्वमा अन्य स्वास्थ कर्मीकाे टाेलीले गरेकाे सल्यक्रिया सफल भएकाे जिल्ला अस्पताल डाेल्पाका प्रमुख डाक्टर सिजन रावल ले बताए । डाेल्पा दुर्गम भएता पनि स्वास्थ कर्मिहरुले स्राेतसाधनले साथ दिए सम्म काम गरिरहेकाे डाक्टर रावलकाे भनाई रहेकाे छ ।

आईतबार विहाना जिल्ला प्रहरी कार्यलय डाेल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी ) नारायण रन्जितकारले रक्त दान गरे पछि उक्त सुत्केरी महिलाकाे सल्यक्रिया भएकाे थियाे । डिएसपी रन्जितकारले भने” डाेल्पा जिल्लामा आए देखि दुई जना सुत्केरी महिलालाई रगत दान गरेकाे छु यदि कसैलाइ समस्या परे जहिले पनि तयार छु । नागरीकाे रक्षाकाे लागि सधै आफु र आफ्ना फाेर्सहरु तयार रहेकाे पछि डिएसपी रन्जितकारले बताए ।

सल्यक्रिया हुनु भन्दा पहिले चाहिने रगत डिएसपी नारायण रन्जितकारले दिइसकेकाेले सल्यक्रिया सफल भइसकेकाे अब अाबश्यक परेमा आफै दिने तयारीमा रहेकाे ल्याव टेक्निसीयन प्रमुख प्रेमप्रकाश बुढाले बताए । डाेल्पामा ब्लड बैकं नभएकाे कारण तत्काल ब्लड गुरुव मिल्ने ब्यक्तिहरु पाउन समस्या हुने गरेकाे छ ।

विश्वमा काेराेनाकाे महामारी फैलिएकाे समयमा डाेल्पामै सल्यक्रिया सफल भएकाे भन्दै अनिताका श्रीमान निरज शाही खुसि व्यक्त गरे । निरज शाहीले याे अापतकाे घडिमा रगत दान गर्ने डिएसपी र स्वास्थ कर्मिहरुलाई धन्यावाद दिएका छन । जिल्ला अस्पताल डाेल्पामा केही समय पहिला देखि सुत्केरी महिलाहरुकाे सल्यक्रिया हुदै आई रहेकाे छ। अहिले सम्म विभिन्न १५ जना सुत्केरी महिलाकाे सफल सल्यक्रिया भएकाे जिल्ला अस्पताल डाेल्पाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस