जहाज चार्टर गरि १५ हजार ओखरका बिरुवा डाेल्पा ल्याईयाे

डाेल्पा :- तारा यएरको नाईनएन एईभि कलसाइन भएको ट्वीनअटर जहाजबाट चार्टर गरेर १५ हजार ओखरका बिरुवा डोल्पा ल्याइएको छ ।
दाजुभाई जडीबुटि तथा फलफुल र्नसरी प्रा.लि. जुम्लाले टर्किबाट च्याङलर जातको ओखर खरिद गरेर डोल्पाको ओखर पकेट क्षेत्रमा लगाउनको लागि ओखरका बिरुवा ल्याईएको कृषि बिकास कार्यालयका प्रमुख भिमबहादुर धरालाले जानकारी दिनुभयाे । डोल्पाको जगदुल्ला गाँउपालिका,मुड्केचुला गाँउपालिका,त्रिपूरासुन्दरी नगरपालिका,ठुलीभेरी नगरपालिका र काईके गाँउपालिकामा यो च्याङलर जातको ओखरका बिरुवा उपभोक्ता समुह मार्फत ओखर पकेट क्षेत्रमा लगाइने प्रमुख धरालाले बताउनु भयाे ।
किसानहरुकाे समुहले प्रति बिरुवा ७५० का दरले उक्त र्नसरी प्रा.लि.बाट किन्ने सर्त गरिएको पनि उहाकाे भनाई छ। फागुनमा ल्याएर लगाउनुपर्ने भए पनि टर्किबाट डोल्पा सम्म ल्याउन धेरै समय लागेकोले बैशाखको अन्तिममा आएको र अहिले सम्म चिस्यान बनाएर राखेको कार्यलयका प्राविधिक अधिकृत सरद लामाले जानकारी दिनु भयाे।
अधिकृत लामाका अनुसार नेपालगञ्जमा बिरुवाको सबै अबस्था हेरेर मात्रै ढुवानी गरेकोले बिरुवा ढिलै भएपनि सफल रुपमा फल दिने बताउनु भयाे । कर्णालीको जुम्ला,हुम्ला,मुगू र डोल्पाका गरि ४० हजार टर्किबाट च्याङलर जातको ओखर काे बिरुवा ल्याएको कार्यलयले जनाएकाे छ ।
प्रधानमन्त्री आधुकिकरण कृषि परियोजनाको ब्लक फलफुल पकेट क्षेत्र कार्याक्रम र कर्णाली प्रदेश भुमी तथा कृषि सहकारी मन्त्रालयको कार्यक्रमको रकमबाट यि ओखरका बिरुवा खरिद गरेर ल्याइएको जिल्ला कृषि बिकास कार्यालय डोल्पाले जानकारी दिएको छ ।
निकै ढिला खरिद गरेर ल्याएका ओखरका बिरुवा भने सफल हुने या नहुनेमा कृषकहरु अनबिज्ञ रहेका छन । ठुलो लगानिमा आएका ओखरका बिरुवा पहिलो पटक डोल्पामा परिक्षण गरिदै छ । यस भन्दा पहिला जुम्लामा फलि सकेको छ ।
बरफ राखेर चिस्यान पारेर ल्याएको भनेपनि डोल्पाको बिमानस्थलमा भने सुख्खा बिरुवा झारेको कृषकको गुनासो छ । टर्किबाट ल्याएको च्याङलर जातको ओखरले एकै बर्षमा फल दिने कृषि बिकास कार्यालय प्रमुख भिमबहादुर धरालाले भनाई छ ।
सरकारले जेष्ट २ गते सम्म आन्तरीक तथा बाह्य हवाइ उडान रोकेको भएपनि कृषकका लागि आएका बिरुवाहरु लकडाउनको कारण महिना दिन देखी नेपालगञ्जमा थन्कीएको र गर्मिले विरुवा खेर जाने भएको कारण कृषि मन्त्रालयको आग्रह अनुसार जिल्लाबाट गृह मार्फत अनुमति मागेर जहाज चार्टर गरि बिरुवा डोल्पा ल्याएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिनु भयाे । करिब दुई महिना ढिला गरि आएका बिरुवा भोली नै जिल्लाका सबै ओखर पकेट क्षेत्रमा जाने र लागइ हाल्ने कार्यालयले जनाएको छ । बिरुवा सफल हुनेमा बिश्वस्त हुन कार्यालयले कृषकलाइ आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस