दंगीशरण २ का युवाहरू मजदुरहरुको छाक टार्न ब्यस्त

दिप्तीशिखा चौधरी/दाङ :- नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता एमएन शाहले  आज आइतबार दंगीशरण गाउँपालिका वडा न. २ का गरिव विपन्न तथा मजदुरी गरि खाने घरपरिवारलाई चामल वितरण गरेका छन् ।

नेता शाहले दंगीशरण गाउँपालिकाकाे २ न. वडा बङगालपुर र सिमलकुना र सरुवाडाडाँका अति विपन्न तीस घर परिवारलाई चामल वितरण गरेका हुन् । प्रति परिवारलाई ५ देखि १५ किलोसम्म पारिवारिक संख्याका आधारमा रासन वितरण गरेको शाहले जानकारी दिएका छन् ।

“उनीहरु मजदुरी गरि साँझ बिहानको छाक टार्ने परिवार हुन्, लकडाउनले सबै काम बन्द भएर गरिखाने उपाय नचलेपछि चामल बाँडेर मैले सहयोग गरेको हो, दलित बस्तीका जनताहरु भोकले मर्नु भन्दा चामलको माड भएपनि खाएर जीवन बाँचून् भनेर थोरै भएपनि सहयोग गरेको हुँ”- शाहले भने । नेता शाहले सहयोगी हात बढाएपछि त्यहाका जनता खुसी भएका थिए ।

“नेता भनेको यस्तो हुनुपर्छ आपत पर्या बेला हेर्नु भो” सहयाेग पाएपछि रते विक र विरपत कुसारीले खुसी हुदै भने । साँझ बिहान के खाम र छोराछोरीलाई के ख्वाम भन्ने भइराखेकाे थियाे, कोहि नभएकाहरूको भगवान हुन्छ भन्थे, हो रैछ घरमा भगवानले अन्न पठाईदिए भन्दै अर्की पवित्रा नेपाली खुशी ब्यक्त गरिन् ।

काेराेनाका कारण देशमा लकडाउन भएको समयमा विपन्न नागरिकले दुख नपाउन भनेर भोलि साेमबार पनि विपन्न वर्गका जनतालाई उनीहरूको घरमै पुगेर चामल सहयोग गर्ने युवा नेता शाहले बताए। उनले भने, ” विपदमा परेकाहरूकाे पीडामा मलमपट्टी लगाउन पाउँदा स्वर्गीय आनन्द आउँदाे रहेछ, मैले सक्दाे सहयाेग निरन्तर गरि रहनेछु ।”

प्रतिक्रिया दिनुहोस