प्रेस संगठन नेपाल पाँच नम्बर प्रदेशको प्रथम भेला सुरु

बुटवल :- सत्तासीन नेपाल कमन्युष्ट पार्टी नेकपा निकट पत्रकार संगठन प्रेस संगठन नेपालको प्रथम भेला पाँच नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलमा सुरु भएको छ ।

तत्कालीन नेकपा एमाले र एमाओवादीको पार्टी एकता भएपछी जनवर्गीय संगठनको पनि एकीकरण हुने प्रक्रिया अनुसार संगठनको प्रथम भेला बुटवलमा भएको हो ।

कार्यक्रममा नेपाल कमन्युष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रचार बिभाग उपप्रमुख सुर्य थापा र प्रेस संगठन नेपाल पाँच नम्बर प्रदेश इन्चार्ज मनोज घर्ती मगरले शुभकामना मन्तव्य व्यक्त गरेका छन ।

पाँच नम्बर प्रदेशका मुख्यमन्त्री तथा नेकपा पाँच नम्बर प्रदेश इन्चार्ज शंकर पोख्रेल प्रमुख अतिथी रहेको कार्यक्रममा प्रेस संगठन संग आवद्ध थुप्रै नेताहरूले मन्तव्य व्यक्त गर्ने र प्रेस संगठनको पाँच नम्बर प्रदेश समितिको सपथ ग्रहन समेत हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस