आस्था राउतविरुद्ध मुद्दा दर्ता, पक्राउ पुर्जी जारी गर्दै प्रहरी

काठमाडौं :-  गायिका आस्था राउतविरुद्ध नेपाल प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ ।

प्रहरी जवान रमिसा श्रेष्ठले दिएको अभद्र व्यवहार कसुरअन्तर्गतको जाहेरी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गरेको हो।

अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी हुने परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए ।

अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल सजायको व्यवस्था प्रमुख जिल्ला अधिकारीले गर्न सक्ने अधिकार रहेको एसएसपी सुवेदीले बताए ।

भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ ।

प्रतिक्रिया दिनुहोस