हुर्कदै गरेको युबाहरुमा फ्रस्टेसन

+२ सकाएर जागिर खाँउनत भनेर गाउँ बाट सहर आएको युबाले जम्मा मासिक पारिश्रमिक ६ देखि ८ हजार पाँउछ । त्यो पनि सिधै पाउदैन । सहरमा जागिर लगाइदिने भन्दै खुलेका विभिन्न दलालहरुका एजेन्सी मार्फत मिल्छ । कति सम्म भने कुनै संस्थाले कर्मचारीको माग ती एजेन्सिलाइ गर्छन।

अनि तिनिहरुले ती संस्था / कार्यालय सँग राम्म्रै रेटमा सम्झौता गाँउको युबाको नागरिकता र शैक्षिक कागजात राखेर गर्छन ! जस्तै २५/३० हजारमा सम्झौता हुन्छ । कार्यालयले महिना मरेसी बैंक भुक्तानी अझ AC पे गर्दछन। अनि ती दलेका एजेन्सिले चैं महिना भरी रगडिएको कामदारलाइ अर्थात त्यो युबालाइ ६/८ हजार सेलरी त्यो नि दुई तीन महिनामा दिन्छन । त्यति मात्रै होर अहिलेत ट्रेड युनियनहरुका संगठनहरु मिलि सरकारले श्रमिकको न्युनतम पारिश्रमिक तोकिदिएको छ । त्यो नि मिलाएर यिनै दलाल हसुरी रहेछन । राज्यले गन्ध सम्म पाँउदैन ।

जबकी,सहरमा एउटा कोठाको भाडानै त्यो ६/७ हजार भन्दा बढी हुन्छ अनि उस्ले आफ्ना अन्य अनिवार्य आवस्यकताहरु कसरी पूरा गर्छ र त्यो युबा नेपालमै बसि केही गर्छ ? छ कुनै चान्स ? छैन ।

त्यसैले
उसमा फ्रस्टेसन बढी ३०/३५ हजार कमाउन उ खाडी जान्छ । कति फस्छन्, कति बन्धक हुन्छन , कति बिना स्यालरी बर्सौ काम गरेर हाडछाला मात्रै बचाएर फर्किन्छन , कति त बाकसमै प्याक भएर फर्किन्छन, कति हस्पिटलमै सड्छन , कति मानसिक रोगी भै स्वदेस फिर्ता हुन्छन , कति पागलखाना , जेल पर्दछन र भाग्यले साथ दिएका थोरै मात्रै त्यही ३०/३५ हजार कमाउन सफल हुन्छन र बिदेस आउने बेलामा एजेन्टलाइ बुझाएको डेढ दुई लाख दुई बर्स मा बल्ल बल्ल फिर्ता गरि पकेट खर्च बनाएर फिर्ता हुन्छन ।
अब भन्नोस
बर्तमानमा हुर्कदै गरेको युबाले गरोस चैं के ??
कस्तो देसमा जन्मन पुगेछौं हामी ओहो !!
यो देस खै कैले चेन्ज होला ??

प्रतिक्रिया दिनुहोस