दाङलाई समृद्ध बनाउने अभियानमा एमाले

दाङ । नेकपा एमाले दाङलाई समृद्ध बनाउने अभियानसहित अगाडी बढेको छ । हामी बनाउँछौ समृद्ध दाङ अभियानसहित नेकपा एमाले दाङले जिल्लाका सबै निर्वाचन क्षेत्रमा चुनाबी गतिविधि अगाडी बढाएको छ ।

नेकपा एमाले दाङका महासचिव शंकर पोख्रेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुन्दा दाङको देउुखरी क्षेत्रलाई राजधानी घोषणा गर्न सफल भएको र हालसम्म पनि राजधानी दाङमा आउन नसकेपछि निराश भएका दङाली जनता एमालेको पछिल्लो अभियानबाट खुसी भएका छन् ।

दाङ क्षेत्र नम्वर २ को संघमा उमेदवार बन्नु भएका एमाले महासचिव शंकर पोख्रेल चुनाबी अभियानकाक्रममा मतदाताको घरदैलोमा पुग्दा सबै जसो मतदाताले दाङलाई राजधानी बनाउन सक्ने पोख्रेल अनि एमालेले नै जिल्लाको समृद्धि र विकासमा भूमिका खेल्न सक्ने भन्दै उच्च प्रशंका गर्दै आएका छन् ।
दाङको भविष्य एमाले अनि शंकर पोख्रेलसँगै जोडिएकाले मतदाताहरुले भेटघाटकाक्रममा एमालेलाई बिजयी बनाउन सबै लाग्ने प्रतिक्रिया दिदैं आएका छन् ।

एमालेले प्रदेश र संघको सरकारको नेतृत्व गर्दा दाङमा विकासका धेरै कामहरु भएको र अब पनि एमालेकै नेतृत्वमा दाङ समृद्ध हुने भएकाले एमालेका उमेदवारहरुलाई बिजयी बनाउन भन्दै यस क्षेत्रमा दैनिक जसो दर्जनौ व्यक्तिहरु एमालेमा प्रवेश गरिरहेका छन् । नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीका अनुसार स्थानीय तहको निर्वाचन पछि दाङ क्षेत्र नम्वर २ मा १५ सय बढि िव्यक्रिहरु अन्य पार्टी परित्याग गरि एमालेमा प्रवेश गरिसक्नु भएको छ ।

नेकपा एमालेप्रति जनविश्वास बढेकै कारण पार्टी प्रवेश गर्नेहरुको लहर आएको एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले बताउनुभयो ।

‘नेकपा एमालेले दाङको लागि सबै भन्दा महत्वपूर्ण काम राजधानी घोषणा गरेर गरेको छ । यसको साथै एमालेको प्रदेश अनि केन्द्रमा सरकार हुँदा दाङमा अरबौ बजेट आएको छ । सडक, पुल, सिचाई, शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा अहिलेसम्मकै धेरै कामहरु एमाले सरकारको पालामा भएका छन्, त्यसैले पनि एमालेप्रति जनलहर बढेको छ’, प्रियासनले थप्नुभयो, ‘एमाले महासचिव शंकर पोख्रेल मुलुक हाँक्न सक्ने पोजिशनमा पुग्नु भएको छ, उहाँको जीतमा दाङले समृद्धिको उचाइ छुनेछ ।’

नेकपा एमालेप्रति जनलहर बढ्नुमा एकातिर वर्तमान सरकारले जनताको आशाभरोशा अनुसार खासै कार्य गर्न सकेको छैन । अर्कोतर्फ एमाले दाङले यस पटक तीन वटै निर्वाचन क्षेत्रमा कामकाजी नेताहरुलाई उमेदवार बनाएको छ । दाङ क्षेत्र नम्वर २ क मा एमाले नेता बलिभद्र रानालाई सर्वसम्मत उमेदवार बनाउनु यस क्षेत्रमा एमालेप्रति जनलहर बढ्नुको अर्को कारण पनि हो । रानाले लामो समयदेखि राजनीति, सामाजिक क्षेत्रबाट समाजका लागि धेरै काम गरेकाले बंगलाचुली र घोराही क्षेत्रमा अत्यधिक पार्टी प्रवेश भैरहेको छ । बंगलाचुलीमा त झनै एमालेले यसरी अन्य पार्टीका नेता कार्यकर्ताहरुलाई एमालेमा भित्राउन सफल भएको छ कि एमालेको पार्टी प्रवेश कार्यक्रम रोक्नका लागि अन्य पार्टीहरुले घरफर्क अभियान नै सुरु गर्नु परेको छ ।

यसैगरी दाङ क्षेत्र नम्वर २ को ख मा पुराना नेता गिरीराज केसी उमेदवार बनेसँगै त्यस क्षेत्रमा पनि एमालेप्रति जनलहर देखा परेको छ । दाङ २ खमा एमाले सांगठनिकरुपमा पनि बलियो हुनुका साथै एमालेप्रति थप विश्वास जनसमुदायमा बढेकाले यस क्षेत्रमा पनि एमालेले सहजै जित्ने अनुमान सर्वसाधारणले गरिरहेका छन् ।

उता दाङ क्षेत्र नम्वर १ मा यस पटक एमालेले एमाले नेतृ शान्ता चौधरीलाई संघबाट उमेदवार बनाएको छ । कम्लहरी आन्दोलनबाट राजनीतिमा लाग्नु भएकी शान्ताको मिजासिलो बोलीव्यवहार अनि क्रियाशिलताले उहाँले पनि सहजै निर्वाचनमा बिजय प्राप्त हुने विश्वास गरिएको छ ।

एमालेले यस पटक दाङ क्षेत्र नम्वर १ को क मा युवा नेता, समाजसेवी गंगाराम भट्टराईलाई उमेदवार बनाएको छ । त्यस क्षेत्रमा रहेर सबै जसो गाउँठाउँका लागि उहाँले लामो समयदेखि विभिन्न क्षेत्रमा रहेर काम गरेकाले भट्टराईले सहजै निर्वाचन जित्ने आकलन गरिएको छ । दाङ क्षेत्र नम्वर २ को ख मा लमही नगरपालिकामा पाँच वर्षसम्म मेयर रहेर जनताको काम गर्नु भएका नेता कुलबहादुर केसीलाई एमालेले उमेदवार बनाएको छ । एमालेले अनुभवि जनतासँग भिजेको नेतालाई प्रदेश उमेदवार बनाएका कारण त्यहाँ केसीले निर्वाचन सहजै जित्ने बताइएको छ ।
उता दाङ क्षेत्र नम्वर ३ मा यस पटक एमालेले एमाले नेतृ कोमल वलीलाई संघको उमेदवार बनाएको छ ।

राष्ट्रिय सभा सदस्य हुँदा वलीले पश्चिम दाङको समग्र विकासको सवालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सबैले महसुस गरिरहेका छन् । जसले गर्दा पनि पश्चिम दाङमा एमालेप्रतिको जनलहर पहिलेको भन्दा पनि ह्वात्तै बढेको छ । नेतृ वलीले यस पटक संघको निर्वाचनमा सहजै जित हात पार्ने आँकलन गरिएको छ । यसको साथै एमाले केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेय दाङ क्षेत्र नम्वर ३ को क मा उमेदवार हुनुहुन्छ।

उहाँ मेयर हुँदा तुलसीपुर क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक, सिचाई, रोजगारलगायतका महत्वपूर्ण कामहरु गर्न उहाँ सफल भएकाले मतादाताको रोजाईमा पाण्डेय पर्ने विश्वास गरिएको छ । पाण्डेयले सधैभरी जनताको चाहना अनुसार काम गर्ने भएकाले अहिलेसम्म उहाँले निर्वाचनमा हार व्यहोर्नु परेको छैन । यसैगरी नेकपा एमालेले यस पटक जिल्ला अध्यक्ष हुकुम बस्नेतलाई दाङ क्षेत्र नम्वर ३ को ख मा उमेदवार बनाएको छ ।

एमालेले प्रदेश र केन्द्रको सरकार सञ्चालन गर्दा पश्चिम दाङको विकासका लागि धेरै नै कामहरु गरेको छ । यसका साथै एमालेको जिल्ला नेतृत्व नै उक्त ठाउँबाट उमेदवार बनेकाले पश्चिम दाङका मतदाताहरु उत्साहित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस