डाेल्पा प्रदेश निर्वाचन क्षेत्र (ख) बाट प्रत्यक्षमा ६ जनाकाे नाम सिफारिस

डाेल्पा- नेपाली कांग्रेस डाेल्पा प्रदेश निर्वाचन क्षेत्र (ख) बाट प्रत्यक्षकाे लागि ६ जनाकाे नाम सिफारिस गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश निर्वाचनकाे लागि आज डाेल्पा प्रदेश (ख) सभापति माेतीप्रसाद उपाध्यायकाे अध्यक्षतामा बसेकाे उक्त कमिटीले प्रदेश निर्वाचनकाे लागि प्रत्यक्षमा ६ जनाकाे नाम र समानुपातिकमा ६ जनाकाे नाम सिफारिस गरेकाे छ ।

डाेल्पा प्रदेश निर्वाचन क्षेत्र (ख) काे प्रत्येक्षमा जयन्द उपाध्याय(जयस),श्रीलाल बस्नेत,पुर्ण बहादुर शाही,तुल बहादुर बाेहाेरा,सुनरुपा ठकुल्ला,कर्णचन्द राेकाया लाई प्रत्यक्ष तर्फकाे उम्मेदवार सिफारिस गरिएको छ भने प्रदेश (ख) समानुपातिकमा माेतिप्रसाद उपाध्याय,रमा बाेहाेरा,देविकृष्ण न्याैपाने,बिष्णु राेकाया,राजिमान सार्की,जयनन्द उपाध्याय(जयस)लाई समानुपातिक उम्मेदवारकाे लागि सिफारिस गरेकाे नेपाली कांग्रेस प्रदेश ख ले जनाएको छ ।

यस्तै प्रतिनिधि सभा समानुपातिककाे लागि नेपाली कांग्रेस भुपु सभापति टंक प्रसाद उपाध्यायलाई ख क्षेत्रले निर्विरोध उम्मेदवारकाे लागि सिफारिस गरिएकाे छ । प्रदेश ख बाट सिफारिस गरेका उम्मेदवारहरुलाई जिल्ला कमिटीमा छलफल गरिने त्यस पछि प्रदेशमा पठाईने नेपाली कांग्रेस डाेल्पाले जनाएको छ । यदि प्रदेश ख मा अन्य दल संग गठबन्धन भएपनि नेपाली कांग्रेसले नछाड्ने स्राेतकाे दाबी छ ।

प्रतिक्रिया दिनुहोस