खुला फुटबल प्रतियोगितामा टाईगर,रोयल बिजौरी र आर.के को बिजयी सुरुवात

दाङ । दाङ तुलसीपुर ८ को गैरिचौरमा संचालित खुला फुटबल प्रतियोगिता २०७८ मा टाईगर युवा क्लब दमारगाउ, रोयल बिजौरी र आर. के फुटबल क्लब टिकरी ले बिजयी सुरुवात गरेका छन् ।
बागेश्वरी टोल बिकास संस्थाको आयोजना तथा दुधेना फुटबल क्लबको संरक्षणमा संचालित प्रतियोगिताको आज शुक्रबार भएको उद्घाटन खेलमा सगरमाथा फुटबल क्लब लाई सर्ट एण्ड डेथमा २ का बिरुद्ध ३ गोल अन्तर ले पराजित गर्दै टाईगरले बिजयी सुरुवात गरेको हो ! त्यस्तै रोयल बिजौरी ले शिव ज्योती क्लब लाई सुन्यका बिरुद्ध ३ गोलको अन्तरले पाखा लगाउदै बिजयी सुरुवात गर्‍यो ! त्यस्तै आयोजक बागेश्वरी टोल लाई ट्राईवेकरमा १ का बिरुद्ध ४ गोल अन्तरले पराजित गर्दै आर.के फुटबल क्लब बि ले बिजयी यात्रा सुरु गरेको हो ! यसैबिच सनिवार बिहान हुने पहिलो खेलमा एसएस एफए वल्ड राईजिङ र आर के फुटबल क्लब टिकरी( ए ) भिड्नेछन् ! खेल बिहान सात बजे बाट सुरु हुनेछ ! स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ !
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित मापदण्ड अपनाउदै संचालित प्रतियोगिता को बिजेता टिम ले खसी तथा उपबिजेता टिमले नगद सात हजार पाँच सय, मेडल,प्रमाणपत्र हात पार्ने छन् भने खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी लाई पुरस्कृत गरिने खेल संयोजक चुडामणी बस्याल ले जानकारी दिनु भएको छ !
यसैबिच प्रतियोगिताको उद्घाटन आयोजक बागेश्वरी टोल बिकास संस्थाका अध्यक्ष प्रकास विश्वकर्मा को अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न ८ का अध्यक्ष बेद बहादुर केसि प्रमुख आतिथ्य एवं दाङ जिल्ला फुटबल संघ का अध्यक्ष सुशील श्रेष्ठ को बिशिस्ट आतिथ्य मा भएको थियो ! डोमकान्त पाण्डेको स्वागत रहेको कार्यक्रम को संचालन अविशेक दहाल ले गर्नु भएको थियो !

प्रतिक्रिया दिनुहोस