जिल्ला प्रहरी कार्यलय रामेछाप प्रहरीद्धारा अवैध गाँजा खेती नष्ट

रामेछाप : जिल्ला प्रहरी कार्यालय रामेछापले अवैध रुपमा लगाईएको लागु औषध गाँजा नष्ट गरेको छ । प्रहरीले जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर–४ पकरवास क्षेत्रमा लगाईएको गाजा मंगलबार फडानी गरेर नष्ट गरेको हो । ईलाका प्रहरी कार्यालय चोप्राङबाट प्रहरी नायव निरिक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले उक्त क्षेत्रमा अवैध रुपमा लगाईएको लागु औषध गाँजाको १५ सय बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । स्थानिय समेतको सहयोगमा फडानी गरिएको उक्त परिमाणको गाँजाको विरुवा स्थानिय बुद्विजिवी,भद्रभलाद्मी तथा समाजसेवीको रोहवरमा नस्ट गरीएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस