रामेछापमा एक बर्ष भित्रमा सवारी दुर्घटनामा परी २६ जनाले गुमाए ज्यान

रामेछाप जिल्लामा सवारी दुर्घटनामा परी एक बर्षमा २६ जनाले ज्यान गुमाएका छन् । जिल्लामा आर्थिक बर्ष २०७५÷०७६ मा भएका साना तथा ठुला दुर्घटनामा परी २६ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरिक्षक कुशहरि भण्डारीले जानकारी दिए । उनले आर्थिक बर्ष २०७४÷०७५ मा भन्दा दुर्घटना संख्या र ज्यान गुमाउँनेको संख्या पनि कम भएको बताए । उनले आर्थिक बर्ष २०७४÷०७५ मा जिल्लाको विभिन्न स्थानमा भएको दुर्घटनामा परी २८ जनाले ज्यान गुमाएका थिए । प्रहरी सहायक निरिक्षक भण्डारीले आर्थिक बर्ष २०७५÷०७६ मा ट्राफिक नियम विपरित संचालन भएका ११ हजार ४ सय ६३ वटा सवारी तथा ढुवानी साधन कारवाहीबाट ७९ लाख ९५ हजार ५ सय जरिवाना शंकलन भएको बताए । दुर्घटना कम गर्न पछिल्लो समय रामेछाप ट्राफिक प्रहरीले जिल्लाका विभिन्न ठाउँमा नियम बिपरित सवारी चलाउने चालक माथि कडा निगरानी बढाइएको उनले बताए । उनका अनुसार सवारी तथा ढुवानीका साधनको चेकजाचमा रामेछापमा ट्राफिक नियम सम्बन्धी चेतनामूलक अभियान संगै ट्राफिक व्यवस्थामा अझ कडाई गर्दै जाने उनको भनाई छ । ट्राफिक नियमलाई अटेर गर्ने जो कोहीलाई पनि छुट नहुने उनले चेतावनी दिए । जिल्लाको ट्राफिक व्यवस्थापनमा थप मजवुद बनाउँनका लागि यो आर्थिक बर्षमा मन्थली नगरपालिकासंग समन्वय गरी बजार क्षेत्रको व्यवस्थापन गर्ने बिषयमा विभिन्न कार्यक्रम तथा अभियानहरु संचालन गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस