घोराहीको दलजितपुरमा आँखा शिविर समपन्न।

दाङ।घोराही उपमहानगरपालिका ५ को दलजितपुरमा आँखा शिविर समपन्न भएको छ । शिविरमा ३०० जनाले प्रत्यक्ष लाभ लिएका थिए । शिविरमा बालबालिका देखि बृद्वबृद्वाहरुको नि शुल्क उपचार गरिएको चिकित्सकहरुले जानकारी दिनुभएको छ । बेला बखत हुने गरेका यस्ता शिविरहरुले समाजमा राम्रो काम गरेको पनि उहाँहरुको भनाइ छ । आफ्नै गाउँ घरमा सेवा पाउँदा स्थानीयबासीहरु पनि खुशी देखिएका थिए ।

घोराही उपमहानगरको बिकट मानिने यस वडामा सो कार्यक्रम समपन्न भएको हो । नेचर कियर सामुदायिक हस्पिटल जिसस मार्गको आयोजना तथा घोराही उपमहानगरपालिकाको प्राबिधिक एवं आर्थिक सहयोगमा शिबिर सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस