पोर्चुगल नेसन्स लिग फुटबलको फाइनलमा, रोनाल्डोले गरे ह्याट्रिक

काठमाडौं ।

स्विट्जरल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै पोर्चुगल नेसन्स लिग फुटबलको फाईनलमा पुगेको छ ।

नयाँ ढाँचाको फुटबल प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा पोर्चुगललाई विजयी गराउन स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे ।

खेलको २५ औ मिनेटमा फ्रि–किकमार्फत पहिलो गोल गर्दै रोनाल्डोले टोलीलाई अग्रता दिए ।

५७ औ मिनेटमा स्विस टोलीका रोड्रिग्वेजले पेनाल्टीमार्फत बराबरी गोल गरे ।

खेलको अन्तिम तीन मिनेटमा दुई गोल गर्दै रोनाल्डोले आफ्नो ह्याट्रिक पुरा गरेपछि पोर्चुगल ३–१ ले विजयी भयो ।

पोर्चुगलले अब उपाधिका लागि इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीच आज राती हुने दोस्रो सेमिफाईनल खेलको विजेतासँग खेल्नेछ ।

नेसन्स लिग फुटबलको फाईनल खेल यही आईतबार पोर्चुगलको पोर्टोमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस