निर्वाचन अपडेटः अरु दल भन्दा नेकपा नै अगाडी

काठमाडौं :-   आजै सम्पन्न उपनिर्वाचनको परिणाम धमाधम आउन थालेको छ । साँझ ९ बजेसम्म आएको परिणाम अनुसार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले बलियो प्रभाव छाड्ने संकेत देखिएको छ।

प्रारम्भिक रुझानले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अन्य साना दलका लागि यो उपनिर्वाचनले निराश बनाउने अवस्था देखिएको हो। प्रतिष्ठाको विषय बनेको उपनिर्वाचनमा कांग्रेसले एउटा वडामा जित निकालेको छ।

बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन्। प्राप्त पछिल्लो परिणाम अनुसार देशका विभिन्न जिल्लाका ९ वटा वडाको नतिजा आइसकेको छ।

घोषित परिणाम अनुसार ती सातवटा वडामा सत्तारुढ नेकपाका उम्मेदवारहरु विजयी भएका छन्। एक एकवटामा कांग्रेस र समाजवादी विजयी भएका छन्। नेकपाले रोल्पाको थवाङबाट विजयी सुरुवात गरेको हो। पछिल्लो पटक सिन्धुपाल्चोकको इन्द्रावतीमा पनि नेकपाकै उम्मेदवार विजयी भएका छन्। सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर १ मा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन्।

उनले ३४७ मत प्राप्त गरि वडाअध्यक्ष पदमा विजयी भएका हुन्। थवाङमा जनकबहादुरको जीत रोल्पाको थवाङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएको छ। थवाङ वडान नम्बर १ मा भएको उपनिर्वाचनमा नेकपाका उमेदवार जनकबहादुर बुढाले १७४ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कलम रोकाले २६ मत ल्याएका छन्। २०८ मत खसेकोमा थवाङमा ९ मत बदर भएको थियो। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनाव बहिस्कार गरेपछि कुल १२ सय ८८ मतमध्ये २०८ मत खसेको थियो।

त्यस वडामा दुई मतदान केन्द्रमा १ सय १२ जना महिला र ९७ जना पुरुष मतदाताले मतदान गरेका हुन्।
कुमाखमा धर्मेको जित सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ मा पनि मतगणना सकिएको छ। गाउँपालिका ५ को वडा अध्यक्षको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी निर्वा्चित भएका छन्। नेकपाका उम्मेदवार बुढाथोकीले ७ सय ९२ मत ल्याई विजयी भएका हुन्। निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खड्ग बहादुर बोहराले २ सय ५१ मत प्राप्त गरेका छन्। राप्रपाका गोपाल शाहले २१ मत प्राप्त गरेका छन्।

१ हजार ८ सय ३९ मतदाता मध्ये १ हजार १ सय २४ मत खसेको थियो। जसमा ६० मत बदर भएको छ। पुनर्बासमा कृष्ण विजयी कन्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा नेकपाका उम्मेदवार विजयी भएका छन्। नेकपाका उम्मेदवार कृष्ण बहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी भएका हुन्। निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३ सय १० मत प्राप्त गरेका छन्। यस्तै समाजवादी पार्टी नेपालका भीम तामाङले ७५ मत प्राप्त गरेका छन्। कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो।

जसमा ४ मत बदर भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७७.०६४ प्रतिशत मतदान भएको थियो। मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाका अनुसार कुल मत एक हजार एक सय ९९ मध्ये नौसय २४ मत खसेको हो। सुन्दरबजारमा नवीन लमजुङको सुन्दरबजार २ मा मतगणना सकिएको छ।

यहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नवीनकुमार श्रेष्ठ विजयी भएका छन्। उनले ९९३ मत ल्याए। उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रकाश सँढाई ४८२ मत ल्याएरका छन्। त्यसैगरी, राप्रपाका पवन राज वसौला १६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर केसी १२ मत ल्याएका छन्। कुलमा ११ मत बदर भएको थियो। इन्द्रावतीमा केदारनाथ सिन्धुपाल्चोकको इन्द्रावती ८ मा नेकपाका उम्मेदवार केदारनाथ आचार्य विजयी भएका छन् ।

उनले ७ सय १२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोक तामाङले ४ सय ३९ मतमा चित्त बुझाए । राप्रपा संयुक्तबाट ढकबहादुर तामाङ १२ र राप्रपा नेपालकाले ३ मत मात्रै ल्याए । भने ९ मत बदर भएको छ । उत्साहजनक रुपमा मतदान भएको मतदानमा ११ सय ७५ मत खसेको थियो । त्यस वडामा १४ सय ४ मतदाता थिए । वडाध्यक्ष धनबहादुर श्रेष्ठको मृत्यु भएपछि अहिले उपनिर्वाचन भएको हो।

सिन्धुपाल्चोक जिल्लामा एक ठाउँमा मात्र उपनिर्वाचन भएको कारणले राजनीति दलको नेताको ध्यान इन्द्रावतीमै केन्द्रीत भएको थियो । धुलिखेलमा देवप्रसाद काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टीका उमेदवार विजयी भएका छन्।

सत्तारुढ दल नेकपाका उमेदवार देवप्रसाद कोइराला वडाअध्यक्षमा विजयी भएका हुन्। उनले ८६७ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दर्णबहादुर खत्रीले ५८२ मत पाए छन् । शनिवार साँझ सकिएको उपनिर्वाचनमा त्यहाँ १५०२ मत खसेको थियो। बडिगाडमा ढालेन्द्र बागलुङ स् बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ को वडाअध्यक्षमा ढालेन्द्र शेरचन विजयी भएका छन्। बाम गठबन्धनबाट उम्मेदवार बनेका शेरचनले ७०४ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डिल बहादुर रानाले ४ सय १२ मत प्राप्त गरेका छन्। वडाअध्यक्षमा उम्मेदवारी दिएका समाजवादी पार्टीका हरीलाल रानाले ६ मत प्राप्त गरे। १२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। वडाअध्यक्षको निर्वाचनमा नेकपाबाट उम्मेदवार शेरचनलाई राष्ट्रिय जनमोर्चाले सघाएको थियो। २०७४ मा निर्वा्चित वडाअध्यक्ष विष्णु भुषल जिल्ला समन्वय समितिको उपसंयोजकमा निर्वा्चित भएपछि उक्त वडा रित्त रहेको थियो।

प्रतिक्रिया दिनुहोस