दाङ । राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा सम्पन्न साधारणसभामा दंगीशरण गाउँपालिका–२ का वडा अध्यक्ष डम्बर खत्री, जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतम, दंगीशरण गाउँपालिका सहकारी इकाइ प्रमुख यादव बहादुर डाँगी, कानुनी सल्लाहकार भागिराम चौधरीलगायतको उपस्थित थियो।
साधारणसभामा आ.व. २०८१/८२ को प्रगति समीक्षा, आ.व. २०८२/८३ का लागि नीति तथा कार्यक्रम, वित्तीय विवरण, प्रस्तावित बजेट तथा लक्ष्य, साथै लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मत पारित गरिएको छ।
त्यसैगरी, साधारणसभासँगै सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। सर्वसम्मत निर्वाचित पदाधिकारीहरू यसप्रकार छन्:
अध्यक्ष : राजेन्द्र घर्ती
उपाध्यक्ष : सीता डाँगी
सचिव : इन्द्रा कुमारी घर्ती
कोषाध्यक्ष : नोखिराम कामी
सदस्य : एशोदा शर्मा, कलबहादुर सार्की, कमला कुसारी
त्यस्तै, लेखा सुपरिवेक्षण समितिमा संयोजक शालिकराम पुन, सदस्य बलबहादुर रोकाय र सदस्य लुमा चौधरी निर्वाचित भएका छन्।
नव–निर्वाचित पदाधिकारीलाई बधाई दिँदै संस्थाले साधारणसभा र अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण शेयर सदस्य, प्रशिक्षक, सल्लाहकार, निर्वाचन उपसमिति लगायत सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।
