साइबर अपराधमा तानिएका एमाले नेता ऐन महर दम्पती हाजिरी सर्तमा मुक्त

राजनीति समाचार

काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर र उनकी पत्नी सनुजा श्रेष्ठलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले हाजिरी सर्तमा रिहा गर्ने निर्णय गरेको छ।

साइबर अपराधसम्बन्धी जाहेरी दर्ता भएपछि पक्राउ पूर्जी जारी गरिएकाले बुधबार महर दम्पती स्वयं प्रहरी समक्ष उपस्थित भएका थिए। प्रहरीमार्फत सरकारी वकिल कार्यालयमा बुझाइएपछि प्रमुख रामहरि काफ्लेले उनीहरूलाई हाजिरी राख्ने सर्तसहित छुट दिने आदेश जारी गरेका हुन्।

एक महिलाले उनीहरूविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *