पाचौं उत्तर स्मृति दिवस बबई सम्पन्न

दाङ । आज नेकपा एमालेका तत्कालीन नेता तथा लुम्बिनी प्रदेश कमिटीका मा. सदस्य स्व. उत्तरकुमार वलीको पाचौ स्मृति दिवस सम्पन्न भएको छ । नेकपा एमाले बबई गाउँ कमिटीले स्मृति दिवस मनाएको हो ।

कार्यक्रमले उत्तर स्मृति प्रतिष्ठान गठनको प्रक्रिया सुरु गर्ने, उत्तर स्मृति भवन निर्माणका लागि अम्बिकेश्वरी यातायात सेवा सुबिधा प्रा.लि. नेपालगन्जले दिने नगद रु. २१०००।- सहयोग लिने निर्णय गरेको छ ।

बबई गाउँ कमिटीका अध्यक्ष टंकराज बिकको अध्यक्षता तथा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य भद्रबहादुर वली (गोपाल) को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले नेकपा एमालेको सङ्गठन बलियो बनाउन स्वर्गीय उत्तरकुमार वलीको भुमिका महत्वपुर्ण रहेको बताएका थिए । साथै उत्तर कुशल सङ्गठक र कार्यकर्ता संरक्षणमा ध्यान दिने गरेको बताएका थिए ।

कार्यक्रममा नेकपा एमालेका नेता भुबनेश्वर पौडेल, जिल्ला सदस्य नन्दलाल वली, धनबहादुर डाङ्गीले बोल्नु भएको थियो । गाउँ कमिटीका उपाध्यक्ष शारदा शाहको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस