प्रधानमन्त्री प्रचण्डले लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् । प्रदेशसभाको हिउँदे अधिवेशनलाई संशोधन गर्न प्रधानमन्त्री प्रचण्ड दाङको देउखुरी आउने भएका हुन् ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सभामुख तुलाराम घर्तीले काठमाडौँ गएर बुधबार  प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा दिएका थिए ।

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन यही फागुन १८ गतेदेखि सुरु हुँदै छ । प्रधानमन्त्रीले १९ गते समय दिएको  सभामुख तुलाराम घर्तिमगरले बताए ।  उनले प्रदेश सभामा प्रधानमन्त्री आउँदा  प्रदेश सभाको गरिमा वृद्धि हुने अपेक्षा रहेको बताए ।

यसअघि बुटवलमा भएको लुम्बिनीको अधिवेशनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस