ऐन महरले छाडे एमाले, राजीनामा स्वीकृत

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले राजीनामा दिएका छन् ।
 
केन्द्रीय सचिवालय बैठकले उनको राजीनामा स्वीकृत गरेको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 
त्यस्तै सिराज अहमत फारुकीको राजीनामा पनि स्वीकृत भएको छ ।
 
स्रोतका अनुसार, उनले अब एमाले नै परित्याग गर्ने मनासय बनाएका छन् ।
 
उनि निकट अनेरास्ववियुका एक नेताका अनुसार एक युवतीसंगको अनैतिक सम्बन्धको फोन भिडिओ सार्वजनिक भएपछि उनलाई पार्टीले दबाव दिएको र त्यसपछि उनले राजीनामा दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस