दृष्टिविहीनलाई घाेराही बनाओैं अभियानद्वारा खाद्यान्न सहयाेग

घाेराही । घाेराही बनाओैं अभियानले दृष्टिविहीन परिवारलाई खाद्यान्न सहयाेग गरेकाे छ ।

तनहुँ घरभइ हाल घाेराही उपमहानगरपालिका वडा नं ४ बस्ने दृष्टिविहीन सपना खड्कालाई एक बाेरा चामल र फलफूल सहयाेग गरेकाे हाे । श्रीमान भरत कार्की दुर्घटनामा परी घाइते भएकाे र उहाँको उपचारका लागि आफूले बजारमा गीत गाउदै आर्थिक जाेह गरिरहेकाे सपनाले जानकारी दिनुभयाे ।

घाेराही बनाओैं अभियानका संयाेजक सविन प्रियासन र महासचिव पाण्डव शर्माले चामल र फलफूल हस्तान्तरण गर्नुभएकाे हाे ।

अभियानसँग कुनै आर्थिक स्राेत नभएकाले व्यक्तिगत तवरबाट सहयाेग गरिएकाे संयाेजक सविन प्रियासनले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस