दाङमा एमाले उपाध्यक्ष नेम्वाङको निधनमा श्रद्धाञ्जली कार्यक्रम

घोराही । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा शोक व्यक्त गर्न नेकपा एमाले दाङले श्रद्धाञ्जली कार्यक्रम गरेको छ । पार्टिका पोलिटव्युरो सदस्य नरुलाल चौधरी, केन्द्रिय सदस्य जिवन गौतम, केन्द्रिय सदस्य सिता सिग्देल न्यौपाने, प्रदेश सचिव लक्ष्मण आचार्य, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सविन प्रियासन लगाएत पार्टिका नेता एवं कार्यकर्ताका उपस्थितीमा श्रद्धाञ्जली कार्यक्रम गरिएको नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभएको हो ।
 
नेपाल बार एशोसिएनका पूर्व महासचिव समेत रहेका नेम्वाङ नेपाली नजता र नेकपा एमालेका नेता कार्यकर्ता समर्थक शुभेच्छुकका आशा र भरोसाका केन्द्र हुनुहुन्थ्यो । श्रद्धाञ्जली कार्यक्रममा सहभागी नेता कार्यकर्ताले नेम्वाङको ७१ वर्षको उमेरमा भएको असामयिक निधनले पार्टिलाई स्तब्ध एवं मर्माहत तुल्याएको भन्दै पार्टिका अभिभावक नेम्वाङको निधनप्रति भावपुणर् श्रद्धाञ्जली अर्पन गर्दै सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । इलाम-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण निधन भएको थियो ।
 
यस्तै नेकपा एमाले दाङले तीन दिन सम्म पार्टीका कुनै पनि ओैपचारिक कार्यक्रम नगर्ने भएको छ । नेम्वाङको श्रद्धाञ्जली स्वरुप कुनै ओैपचारिक कार्यक्रम नगर्ने पार्टी प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयो ।
यसैबीच पार्टी अध्यक्ष हुकुम बस्नेत र सचिव मनोहर बुढाथोकीले संयुक्त विज्ञप्ति जारी गरि उपाध्यक्ष नेम्वाङको निधनमा जिल्लाका १० ओटै पालिकामा तीन दिन सम्म पार्टीको झण्डा आधा झुकाउन आग्रह गर्नुभएको छ ।
 
विज्ञप्तिमा नेम्वाङको निधनले नेपाली कम्युनिस्ट आन्दोलनलाई अपुरणीय क्षति पुगेको उल्खे गरिएको छ । गणतन्त्र प्राप्तिको संघर्ष र संविधान निर्माणमा नेम्वाङले खेलेको भुमिकालाई नेपाली जनताले सदैब स्मरण गरिरने विज्ञप्तिमा उल्लेख गरिएको छ ॥
प्रतिक्रिया दिनुहोस