एमाले दाङले तीन दिन कुनै ओैपचारिक कार्यक्रम नगर्ने

घाेराही । नेकपा एमाले दाङले तीन दिन सम्म पार्टीका कुनै पनि ओैपचारिक कार्यक्रम नगर्ने भएकाे छ ।
 
पार्टी उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुभास नेम्वाङकाे श्रद्धाञ्जली स्वरुप कुनै ओैपचारिक कार्यक्रम नगर्ने पार्टी प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयाे ।
 
यसैबीच पार्टी अध्यक्ष हुकुम बस्नेत र सचिव मनाेहर बुढाथोकीले संयुक्त विज्ञप्ति जारी गरि उपाध्यक्ष नेम्वाङकाे निधनमा जिल्लाका १० ओटै पालिकामा तीन दिन सम्म पार्टीको झण्डा आधा झुकाउन आग्रह गर्नुभएको छ ।
 
विज्ञप्तिमा नेम्वाङकाे निधनले नेपाली कम्युनिस्ट आन्दोलनलाई अपुरणीय क्षति पुगेकाे उल्खे गरिएकाे छ । गणतन्त्र प्राप्तिको संघर्ष र संविधान निर्माणमा नेम्वाङले खेलेकाे भुमिकालाई नेपाली जनताले सदैब स्मरण गरिरने विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस