काठमाडौं । नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधि मण्डल आज चीन भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणमा एमाले महासचिव शंकर पोखरेल नेतत्वको टोली १२ दिने भ्रमणका लागि आज राति चीन जान लागेको हो।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनिसकेका महासचिव पोखरेल नेतृत्वको एमालेको प्रतिनिधि मण्डलले चीनका मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछन्।
भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार भेटमा नेपाल र चीनको द्वीपक्षीय सम्बन्धका विविध पक्ष, नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुनेछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको तयारी भइरहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीले एमालेको उच्च तहको प्रतिनिधि मण्डललाई समेत चीन भ्रमणमा बोलाएको हो। गत जेठ ५ गते नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीले समेत चीन भ्रमण गरेको थियो।
साउन २५ गते माओवादी केन्द्रका महासचिव देव गुरुङ चीन गएका थिए। प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारीका लागि गुरुङ चीन पुगेर फर्किसकेका छन्। गत साउन ३१ गते चिनियाँ जनमुक्ति सेनाको उच्च टोलीसमेत काठमाडौं आएको थियो।
त्यसअघि साउन ७ गते सत्तारुढ दल नेकपा माओवादी केन्द्रको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य एवं चोङ्गिङ नगरका पार्टी सचिवसमेत रहेका युयान च्याच्युन नेतृत्वको २६ सदस्यीय टोली नेपाल आएको थियो।
१ शंकर पोखरेल, महासचिव
२ डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख
३ राजेन्द्रप्रसाद गौतम, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख
४ ज्वालाकुमारी साह, पोलिटब्युरो सदस्य/प्रतिनिधिसभा सदस्य
५ रामबहादुर मगर (राम राना), केन्द्रीय सदस्य/कोशी प्रदेशसभा सदस्य
६ टुकाभद्र हमाल, केन्द्रीय सदस्य तथा अध्यक्ष, अखिल नेपाल महिला संघ
७ सहदेव बोगटी, केन्द्रीय सदस्य
८ निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य
९ मञ्जुदेवी गुरुङ, केन्द्रीय सदस्य तथा उपमेयर, पोखरा महानगरपालिका
१० अजयकुमार गुप्ता, केन्द्रीय सदस्य
११ रचना खड्का, केन्द्रीय सदस्य
१२ भगवती थापा क्षेत्री, केन्द्रीय सदस्य
१३ मानवीर राई, केन्द्रीय सदस्य/प्रतिनिधिसभा सदस्य
१४ कपिलदेव पोखरेल, केन्द्रीय सदस्य
१५ लक्ष्मणकुमार शर्मा, महासचिव, जिफन्ट
१६ पिताम्बर भूषाल, अध्यक्ष, अर्घाखाँची जिल्ला कमिटी
१७ क्षितिज थेवे, अध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल
१८ समिककुमार बडाल, अध्यक्ष, अनेरास्ववियु
१९ गोपाल खनाल, सदस्य, परराष्ट्र मामिला विभाग
२० हुमाकुमारी डीसी, प्रदेश कमिटी सदस्य/उपमेयर घोराही उपमहानगरपालिका सचिवालय
२१ राजेश राई
२२ सरोजकुमार रेग्मी