नेपालगन्ज । ढाडको दुखाई समस्याले पत्रकार अविसेक डाँगी विभिन्न अस्पताल धाए । धेरै चिकित्सकको परामर्श लिए । चिकित्सकको सल्लाह अनुसार औषधि सेवन पनि गरे । उपचारमा उनको हजारौँ रुपैयाँ सकियो, तर ढाडको दुखाई २० को १९ हुन सकेन ।
उनी उचित औषधिको खोजीमा थिए । धेरै जनासँग परामर्श लिने क्रममा उनी यूटर्न इन्टरनेशनल प्रालिले नेपालगन्जमा संचालन गरेको ‘नेपालगन्ज हनी मसाज सेन्टर’ का संचालक टीका भण्डारीको सम्पर्कमा पुगे । उनलाई हनी मसाज गर्न भण्डारीले सुझाव दिए ।
चिकित्सकको सल्लाह बमोजिम एलोपेथिक औषधि सेवनले समस्या समाधान नभएकोले उनी जडिबुटी र हनि मसाजले समस्या समाधान हुनेमा विश्वस्त थिएनन् । तै पनि उनी नेपालगन्ज उपमहानगरपालिका १८ कारकाँदो चोकस्थित नेपालगन्ज हनी मसाज सेन्टर पुगे । भण्डारीले उनको शरिरमा हनी (मौरीको रस) लगाए । र, हनी डिटक्स विधिबाट थेरापी सुरु गरे ।
हनी डिटक्स गर्दा शरिर भित्र रहेका जीवाणू र विकार पसिनाको सहायताबाट बाहिर आउने भण्डारीले बताए । हनी डिटक्सपछि उनले हनी हिटिङ विधिबाट ढाडको थेरापी गरे । हनी अर्थात मौरीको महलाई शरिरको बाहिरी छालामा लगाएर हनी डिटक्स र हनि हिटिङ गर्दा मानिसको रक्त संचारलाई सहज बनाउने उनको भनाई छ।
‘हाम्रो शरिरको केहि सेल प्रत्येक दिन मर्छन् र केहि सेल जीवित हुन्छन् । हनी मसाजले मरेका सेललाई बाहिर फाल्न मद्दत गर्छ,’ उनले भने, ‘छालाका प्वालहरु मजाले खुल्छ र ति प्वालबाट शरिर भित्र अक्सिजन छिर्छ । विषाक्त पदार्थलाई बाहिर फाल्छ र छालालाई शुद्ध राख्न सहयोग पुग्छ ।’
हनी थेरापीपछि आनन्द महशुस भएको डाँगीले बताए । उनले थेरापीपछि उठबस, हिड्डुल र कामकाज गर्न सहज भएको बताउँछन् । उपचारका लागि धेरै ठाउँ पुगेँ, धेरै चिकित्सक र बैद्यलाई देखाएँ, तर निको भएको थिएन,’ उनले भने, ‘थेरापी गराउन थालेदेखि आराम महशुस भएको छ । मन चंगा र शरिरमा आनन्द महशुस भएको छ ।’
विगत चार वर्षदेखि पत्रकार विश्वराज पछल्डङ्ग्यालाई खुट्टा सुनिने समस्या थियो । खुट्टा सुनिने समस्या लिएर उनी दुई पटक भारतको लखनऊ पुगे । त्यहाँका चर्चित वरिष्ठ कन्सल्टेन्ट फिजिसियनलाई देखाए । चिकित्सकले भनेको ठाउँमा एक्स–रे, भिडियो एक्स–रे, इसिजी, पिसाव, रगत जाँच गराए । तर, कुनै रोगको संकेत देखिएन । ‘नेपालका चिकित्सकले रेफर गरेको लखनऊका चिकित्सकलाई देखाए । चिकित्सकको सल्लाह अनुसार औषधि खाएँ । औषधि खाँदासम्ममात्र सन्चो भयो । त्यसपछि फेरि पनि त्यहि समस्या बल्झियो,’ उनी भन्छन्, नेपालगन्जका चर्चित चिकित्सकलाई पनि पटक–पटक देखाएँ, तर कुनै उपलब्धि भएन ।’
उनी अहिले नेपालगन्ज उपमहानगरपालिका १८ कारकाँदो चोकस्थित नेपालगन्ज हनी मसाज सेन्टरमा हनी (मौरीको मह) बाट थेरापी गराउँछन् । हनी मसाज गरेपछि खुट्टा सुनिने समस्या हटेको उनको भनाई छ । ‘हनी मसाज गराउँदा आनन्द आउँछ नै चार वर्षदेखिको खुट्टा सुनिने समस्याबाट मुक्ति पाएको छु,’ उनले भने।
हनी मसाज काठमाडौँभन्दा एकदमै सस्तो भएको भण्डारीले बताए । उनले हनी डिटक्सको एक हजार र हनी हिटिङको पाँच सय रुपैयाँ शुल्क लाग्ने जानकारी दिए ।
हनी मसाज स्वास्थ्य बर्धक भएको बताउँदै उनले प्यारालाईसिस, ढाड दुख्ने, गानोगोला गएको, खुट्टा दुख्ने, शरिर झमझमाउने, ग्याष्ट्रिक, सुगर, प्रेसर लगायत समस्या हनी मसाज र मौरिजन्य पदार्थको सेवनबाट सन्चो हुने दावी गरे । ‘हनी मसाज गर्दा मौरीको मह र मौरिबाट निकालिएको विष (वी भेनम क्रिम) प्रयोग गरिन्छ भने वी ब्रेड, वी प्रोयोलिस (मौरीको चोप), रोयल जेली, वी पोलन (मौरीको कुँट) बिभिन्न पाैष्टिक आहारको रुपमा प्रयोग गरिन्छ,’ उनले भने, ‘मसाजमा प्रयोग हुने सामग्रीको तुलनामा मसाज शुल्क सस्तो छ । हामीले यसलाई सेवाको भावले लिएका छौँ ।’