बाँके । दाङ घर भई हाल नेपालगन्ज बस्दै आएका दंगाली यूवाको सक्रियतामा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल (नर्सिङ होम) नेपालगन्जमा उपचाररत दंगीशरण गाउँपालिका ४ मौलीकी चुल्ह्या चौधरीलाई ह्विल चियर प्रदान गरिएको छ ।
उच्च रक्तचापका कारण प्यारालाइसिसबाट पीडित चुल्ह्यालाई हिड्डुल गर्न समस्या भएपछि नयाँ पत्रिका दैनिक बाँके सम्वाददाता विश्वराज पछल्डङ्ग्याको अगुवाईमा ह्विल चियर खरिद गरि विरामी चुल्ह्याका छोरा सुशिल चौधरीलाई प्रदान गरिएको हो । उक्त ह्विल चियर नेकपा (एमाले) लुम्विनी प्रदेश कमिटी सदस्य भद्रबहादुर ओली (गोपाल) ले अस्पतालमै पुगेर हस्तान्तरण गरे ।
विगत तीन हप्तादेखि नेपालगन्ज स्थित नर्सिङ होममा उपचाररत उनको दाहिने भागको खुट्टा र हात कम चल्ने गरेको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि पत्रकार पछल्डङ्ग्याको अनुरोधमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल (नर्सिङ होम) का कार्यकारी प्रमुख बरिष्ठ चिकित्सक एम. किदवाईले आइसियू बेडमा ५० प्रतिशत छुट गरेका थिए । ह्विल चियर खरिद गर्न नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भद्रबहादुर ओली (गोपाल), दंगीशरण गाउँपालिका ६ श्रीगाउँस्थित श्री सिद्ध पृथ्वी जनता माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् दंगीशरणका एमाले यूवा नेता लिला ओली,दंगीशरण गाउँपालिका ४ बैबाङका बसन्त ओली, दंगीशरणका एमाले यूवा नेता दुर्गा ओली, तुलसीपुर नगरपालिका ११ सुकौरा घर भई हाल नेपालगन्ज बस्ने सुरेश चन्द, नेपालगन्जस्थित अम्विकेश्वरी सेवा सुविधा यातायात प्रालिका कार्यबहाक अध्यक्ष प्रकाश खत्री, दंगीशरण गाउँपालिका १ बाँकीबेटारपुर घर भई हाल नेपालगन्ज बस्दै आएका अविसेक डाँगीले आर्थिक सहयोग गरेका थिए । ‘भएभरको रकम उपचारमा खर्च भएको र ह्विल चियर खरिद गर्न सक्ने अवस्था नभएको जानकारी पाएपछि खरिद गर्न रकम संकलन गर्यौँ,’ एमाले लुम्बिनी सदस्य गोपालले भने ।
ह्विल चियर खरिदका लागि सहयोग गर्ने सवैलाई चुल्ह्याका छोरा सुशिलले धन्यवाद दिएका छन् । ‘नेपालगन्जमा आफ्नो मान्छे कोहि छैनन् जस्तो लागेको थियो । तर, दाङबाट आएर नेपालगन्जमा बसोबास गर्दै आएका दंगालीको सहयोगी हात र न्यानो मायाँ पाउँदा मन हर्षित भयो,’ उनले भने, ‘कोहि नहुनेको भगवान हुन्छन् भन्थे दंगालीको सहयोगी हात पाउँदा भगवान पाए जस्तो लाग्यो ।’