देशै भर शिक्षक पाउन छाडे कृषक पाउन छाडे ।
तटस्थ सामाजिक बौद्धिक ब्याक्तित्व पाउन छाडे।
दशै भरका बजारमा ब्यबसाय मृत छ।
युवा बेरोजगारी बढ्दो गतिमा छ।
वैदेशिक पलायन याद गर्दा शरीर नै श्रिङ्ग हुन्छ ।
फ्ल्याट कोठा र सटरहरु दैनिक रुपमा खालि हुदैछ्न ।
सिजनल बिरामी भन्दा डिप्रेसनका बिरामि बढिरहेछ्न।
कलेज स्कुलको फि तिर्न सकिने अवस्था रहेन ।
हस्लिपटलको बिल घरखेत बेच्दा बिरामी निकाल्न सकिन्न।
स्वस्थ पिउने पानीको उस्तै अभाब छ ।
किशानका चौपाया गोठमै मरिरहेछन ।
१८ बर्स नपुग्दै छोराछोरी देस छोड्नेको ताँति लागेको छ।
आफ्ना आफन्तीहरु बिच बर्सौं बाट बोलचाल हराएको छ ।
स्कुल गएको नाबालिक बेल्का फर्किने हुन हैन टुङ्गो छैन्।
युनिभर्सिटी बाट उत्पादित बिध्यार्ती सिङ्को भाच्न जान्दैन ।
डाक्टर पढ्नेभन्दा नक्कली सर्टिफिकेट किनेर हुनेको होड छ।
एयर्पोर्ट घाटामा डुबेको छ ।
आयल निगम मोटो छ तर नागरिक तेल किन्न सक्दैन।
बाटोमा गुड्दै गरेको टायर पंचर भए खोलेर टाल्न जान्दैन।
नर्सले तलब नपाएर बिदेसिए देसमा नर्स छैनन ।
पत्रकार दलको मात्रै समाचार लेख्दछ ।
वकिल मोटो रकम आउने मुद्दाको मात्रै एड्बोकेसी गर्छ।
प्रोफेसर कलेज युनिभर्सिटी को प्राङ्गणमै निर्घात कुटिन्छ।
जनप्रतिनिधिहरु सँग बोल्न सकिँदैन।
देसका राजमार्गहरुमा मानिस सिङ्गै छिर्ने भौडिहरु छन।
बजारका धारामा पानी आउदैन ।
गाँउका कुवा देसै भर सुके ।
बाँदरले गाउँ कब्जा गर्यो ।
बनमारा र सुगन्धिले पहाड ढपक्कै ढाक्यो ।
बाँदर खेती गर्न ब्यस्त छन बृद्द र बाल कृषक रमिते भए ।
बाढि पहिरोले परिवार घर खेत सब बगाउदा राज्यले देख्दैन।
नेता विषम परिस्थितिमा जिल्ला जान सक्दैन्न।
एयर्पोर्टले मुसो पक्डिन्छ हात्ती र सुन देख्दैन ।
पुलिस कमिसन पाए निर्दोसलाइ जिन्दगी जेलमै सडाउछ।
आर्मी सिमाना नदेखी ठेग्दारी र नेताको चाकरिमा ब्यस्त छ।
धान मंसिरमा किन्न परेको छ ।
मकै कोदो बार्है काल आयत गर्न परेको छ ।
बिहार नहुने हो भने तरकारी खान नपाइने स्थिती छ ।
खाडी नहुने हो भने बिहारको तरकारी किन्ने पैसा भेटिन्न।
जातिय द्वन्दले समाज बिभक्त छ ।
फरक बिचारकै कारण कति बेला फसिने हो पत्तो हुदैन।
एउटा पुल बन्न दस बर्स लाग्छ ।
एउटा हाइड्रोपावर देसले बनाउन सक्दैन ।
बिदेसिले ओगटेका हाइड्रो २० बर्समा हस्तान्तरण हुन्न।
बिदेसमा रगत पसिनासँग खेलेर आर्जेको धन हप्ता भर्न पर्छ।
यि तमाम मुद्दा कस्ले हेर्ने ?
केलाइ भनिन्छ सुख सुबिधा ?
जति लेखेनी सकिन्न बरु म थाक्छु !