काेहलपुरकाे पञ्चमुखी स्कुल सहित बाँकेका चार विद्यालय सम्मानित

बाँके । नेशनल प्याब्सन लुम्बिनी प्रदेशले एसईईमा उत्कृष्ट नम्बर ल्याउने बाँकेका चार विद्यालयलाई नगद र प्रमाण पत्र सहित सम्मान गरेको छ।

बाँके जिल्लामा नेशनल प्याब्सनमा आबद्ध भएका ८० विद्यालयहरु मध्येबाट उत्कृष्ट नम्बर ल्याउने चार विद्यालयलाई लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गकाे इभरग्रिन होटलमा एक विषेश कार्यक्रम गरी सम्मान गरेको हो ।

सम्मान हुनेमा पञ्चमुखी ई.मी. स्कुल, हिमालय विद्या निकेतन, होप इन्टरनेशनल एकेडेमी र तक्षशिला एकेडेमी रहेका छन् ।

पञ्चमुखी ई.मी. स्कुलमा अध्ययरत पुजा खत्री, हिमालय विद्या निकेतनमा अध्ययनरत जोएल गिरी र कविता सुनार, होप इन्टरनेशनल एकेडेमीमा अध्ययनरत गौरी अग्रवाल र तक्षशिला एकेडेमीमा अध्ययनरत सलिना पौडेल रहेका छन् ।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख अतिथ्यता र नेशनल प्याब्सनका लुम्बिनी प्रदेश अध्यक्ष कुवेर बस्नेतको अध्यक्षतामा नगद र प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय सचिव कृष्ण पौडेल, केन्द्रिय सदस्य बामदेव न्यौैपाने लुम्बिनी प्रदेशका सह-कोषाध्यक्ष कमल पछाई, , नेशनल प्याब्सनका बाँकेका अध्यक्ष श्याम कुंवर, नेशनल प्याब्सन बाँकेका प्रथम उपाध्यक्ष किशोर राज मल्ल, द्वितीय उपाध्यक्ष चिरिञ्जवी चन्द लगायत विद्यार्थीहरुको समेत उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस