एक दिने कृषी क्रान्तिले मुकुल बन्दैन

यो देशको दुर्गति राजा महेन्द्रको शासन सत्तामा बा तुसारापात गर्ने काङ्ग्रेस कम्युनिस्ट नै थिए राजा बिरेन्द्र हुदै करिब ०५६ सम्म पनि देशको कृषि लयमा नै थियो । नेपालको पहाडी र हिमाली भेगका अधिकांश खेतहरु बाँझिएका छन् किन बाँझिए त ?

आउनुहोस् यो प्रश्नको उत्तर खोजौं

नेपालमा जब जब दलहरुले बहुदलिय ब्यबस्थालाइ फलाउन फुलाउन्थाले तब तब कृषकहरु संकटमा पर्न थाले ! हिजो सहज् रुपमा खरिद गरेत भरिया लगाइ तिन दिनको बाटो ढुवानी गरि कृष कर्म गर्ने नेपालिका घरघरमावाज गाडी पुगेको छ तर मल छैन ।
 
नेपालमा धान मकै कोदो , साग सब्जी र पशुपाललमा भबिस्य नदेखेर परदेस रुम्मलिएको युबा खाडिमा भेडा र उँट चराएर दूध निकालि बेची रहेछ । कोरिया पुगेर सुङ्गुर पाली रहेछ ! इजरायल पुगेर साग र आलु फलाइ रहेछ । युरोप अमेरिका अस्ट्रेलिया र क्यानडा जस्ता देसमा त्यही लसुन प्याज आलु भान्टा काउली टमाटर अनि धान मकै र गहुँ याँनिकि कृषिमै दिनमा १८ घन्टा मेहनत गरिरहेछ ।
जब जब समयमा देसको मुल नेतृत्वले विश्व जगतलाइ हेरेर आफ्नो रणनिती बनाउन र प्रयोग गर्न सक्दैन तब तब त्यस्ता देसहरु भोकमरिको चपेटामा पर्दछन । हिजो अफृकन देसहरु कयौं दसक यस्तै रुग्ण मानसिकताको नेतृत्वबाट शासित भएर भोकमरिको चपेटामा परेका थिए ! लाग्छ यदि यस्तै अवस्था रहे अबको केही दसकमा नेपाल ले त्यही हाल भोग्न पर्नेछ । यसोत: भारत वा चाइनाले आज पनि नाकामा एक साता मात्रै नखरावाजी गरिदिने हो भने नेपालको चुल्होमा के पाक्दछ तपाईं आफैं भन्नोस ??
 
आषाण १५ का दिन पहाडका फाँटहरुमा पन्चे बाजा गाजा सहित सोरठी र मारुनिमा असारे भाकाहरु सहित रोपाँइका बेठिहरु लाग्दथे कहाँ के कारणले हरायो आज त्यो संस्कृती ? हिमामि भेगका तलतल पहाडको लेख तिर जेष्ठ नसकिदै रोपाँई सकिन्थ्यो , खोइ आज ? तराइका समथर फाँठहरुमा चैते धान थन्क्याई वरि बर्खे धान लगाउने यो मद्य आषाणमा किन कुनै पनि नेपाली किशान यो कर्ममा खुसि छैन ? यो सब के कारणले भयो ?
देसमा चरम अभाब , असिक्षा अन्धबिस्वास भित्र कार्लमाक्स मावो र अरु त्यस्तै नेताको दर्सन बाँढ्ने नेपाली नेताहरुले सोभियत सँङ्घका मिल मजदुरहरुको आफ्नै देसमा बस्न लडेको त्यो लडाँई आन्दोलन र एकता यहाँ कैले बाँढेनन ।
माओत्सेतुङ ले चिनियाँ नागरिकको खेती प्रणाली सुधार्न घर घरमा बस्ती बस्तिमा गएर आफैं खटेको कार्यब्यबहार कैलेई बाँढेनन ।
 
क्युबाली नेता फिडेल क्यास्ट्रोले अमेरिका बिरुद्द उनको युनिटी र साहस कस्तो थियो भनेर नेपालका शासकहरु ले नेपाली जनतालाइ कैलेई उनिहरुले जनताका बस्ती बस्तिमा गएर बाढ्दै बाढेनन । सिङ्गापुर र लिक्वानोलाई सम्झदै काठमाडौ र ललितपुर जिल्लाको क्षेत्रफल जोड्दा हुने क्षेत्रफलभन्दा सानो अर्थात् ५७० वर्ग किलोमिटर क्षेत्रफल भएको यो सानो राष्ट्र जुन विश्वका कतिपय मुलुकका राजधानी सहरभन्दा सानो छ त्यसको प्रतिव्यक्ति आय एसियामा आज जापान पछि पहिलो छ।त्यो कसरी संभब भयो नेपालका नेताहरुलाइ पत्तो छैन।
 
संसारका धेरै सम्मृद्द देसहरुलाइ सम्झी र नेपालका पछिल्लो ३ दसकका शासकहरुलाइ मात्रै हेर्दा नेपाल रुग्ण भएको अस्थिर राजनितिले नै हो भनेर भन्न कुनै संकोच मान्न पर्दैन । ३० बर्स भित्र ४० हाराहारिमा प्रधानमन्त्री पाउने मुलुक हो नेपाल ! जनताका पिर मर्का र ब्यथा झेल्न जनताकै घर आगनिमा आफुलाइ गुजार्न आज नेपालको कुनै पनि दल र त्यसको नेता तयार छैन,कार्यकर्ताको त झन कुरै नगरौं , जताततै उदन्डता र अराजकताले मुलुक आक्रन्त पारिदै लगेको स्थिती छ ।
तपाँईलाइ थाहा छ, घरको मुलि जाहान परिवार टन्नमन्न भएर पनि आफैं किन उ खेत बारिमा किन जान पर्दछ ? सम्झनोस कि उसका सन्तानहरु आफ्नो कर्ममा काबिल छैनन । कित उस्को सिक्षा दीक्षा र संस्कारमा कमिछ । यदि सन्तान आफ्नो बिरासतले बोकेर ल्याएको दुनियाकै अब्बल कृषि प्रणालिमा काबिल भएको हुँदो होत आफुलाइ हतेर्ने ( समाउने) सन्तान साथमै लगाएर ओलिले आज किन रोपाई गर्न पर्थ्योर ?
 
यदि उनले उत्पादन गरेको बिद्यार्थी संगठन अनेरास्ववियु , युबाको दस्ता युबा सँङघ , युथफोर्स , साइबर सेना र सात लाख बढी सकृय कार्यकर्ता भएको जनताको कम्युनिस्ट पार्टी सिङ्गो ले दुनिया छक्क पर्ने गरि ओलि ( बा) लाइ नजिकै डिलमा घुम्ने कुर्सिमाथि राखी दृस्यावलोकन गर्न लगाई बा हामी रोपाईँ गर्छौं तपाईं चिया र चुरोट तान्तै (आदत हुँदा मात्रै ) रमित हेर्नोस भनेर उनिहरुले असारे भाका सहित बिस्वका सम्रिद्द रास्ट्रहरुको ध्यान खिच्ने गरि लाइभ प्रसारण मार्फत रोपाँई गर्न पर्ने हैनर ?
 

तर किन त्यस्तो भएन ?

पहाडको कुरा गर्दा

एमालेको मात्रै हैन देसका ठुला भनिएका दलहरुला उत्पादित कार्यकर्तालाइ अपबाद छोडेर खेतमा लगेर गोरु नार्न आँउदैन , गोरुको देब्रे दाइने चिनिदैन , जोतारो बाध्न आउदैन, कोदालोको बिँड समात्न आउदैन , बिड फिट गर्नत कुरै छोड्नोस!! गोरु जोत्न आउदैन , धानको बाँझो खेत खसरी चिर्ने , ब्याड राख्न ,आलिकाट्न ( अचिलो हान्न भित्ता तास्न ) आउदैन , ब्याडको बीउ काड्न आउदैन, बाँझो जोतिवरी आलि काटेर हिल्ल्याउन ठिक्क पारेको खेतमा खेत हिल्याउन आउदैन ! हिल्याइ सकेर हिलो कुहाउन छेउ कुनामा हलोले गोरु फर्काँउदा सोहोरेर पर लगेको हिलो पुनः मिलाइ आलि लगाएर समाहाहरु मिलाइ रोपाँईको लागि अगृम तयारी कसरी गर्ने केही थाहा छैन !
 

त्यस्तै तराइको कुरा गर्दा

समयले अत्याधुनिक युग जन्माइ सकेर धान खेत जोत्ने देखि धान रोप्ने, धान झार्ने मेसिन सम्म प्रयोगमा ल्याइ रहदा यो देसका ठुला भनिएका दलहरु त्यता तर्फ आफ्ना सन्तान र कार्यकर्तालाइ सिपयुक्त बनाएर आफ्ना नौजवानहरु देसमै प्रयोग गर्न भन्दा बरु युक्रेन र रसियाको लडाँइको दोहोरो सिपाइ बनाउन धकेल्दैछन ।
 
आफ्नै कार्यकर्तालाइ भुटानी बनाइ अमेरिकातिर गोटाको ५० लाख असुलेर अनागरिक बनाई बेचिरहेछन , अरबका देसहरुमा कुचो लगाउन, ट्वाइलेट सफागर्न , अरबिको चुल्हो बाल्न , अरबिको बिस्तारा तताउन आफ्नै चेली अरबिले लुस्तै गर्दा बाहिर गेट मा आफ्नै दाजुभाइ सेक्युरिटी गर्दै गर्न त्यता तर्फ पठाउन ब्यस्त छन ।
के यो दिन ओलिले रोपाँई गरिदिएर देसमा अन्नको भन्डारण हुन्छ ? हुदैन । आफ्ना आमा बुवालाइ खेत बारिमा सारिरिक श्रम गर्न घोक्र्याउने सन्तान मेरो भासामा ती अपराधिहरु हुन ।
 
आज सेर बहादुरको छोराले खेती पाती देखेकै छोइनन बरु आफ्नै बाबुको क्याबिनेट मार्फत उनी त बिनोद चौधरिलाइ अकबरे रोप्न बेजेट बाढ्दैछन । बामदेब को छोरा हुन वा माकुने वा प्रचण्डका छोराछोरी यिनिहरुले देसका दुर दराजमा गै वास्तविक किशानको ब्यथा बुझी त्यहाँ बाट झिन्वा , बास्मती , खुमलचार र राधासत्र जस्ता मिठा धान यो शाल कसरी बढिभन्दाबढी उत्पादन गर्ने भन्ने तर्फ आफ्नो बुवा पुस्तालाइ झक्झक्याउन भन्दा तिनै बुवा पुस्ताका मन्तृहरुबाट म फलानाको छोरो वा छोरी काठमाडौ नजिकै काभ्रे, थली , धादिङ , सिन्धुपाल्चोक तिर एउटा कृषीफम खोलेको छु बजेट चाहियो भन्दै सिंहदरबारका मन्त्रालयहरु चाहारेर ती कृषिफमका अनौतिक फोहोरहरुमा राज्यलाई आजपनी बजेट खन्याउन बाद्य पारिरहेछन राज्य त्यस्तै कुकर्ममा ब्यस्त छ । एकातिर भारतिय आयातले नेपाली कृषक आक्रान्त छ भने अर्को तिर असली कृषक चैं आधा पेट खाएर उत्पादन गरेको आफ्नो कृषिबाली टमाटर ,दूध, बन्दाकोपी र अन्य कृषी फसलहरुको उहित बजार मूल्य नपाएर आफ्नो बर्स भरिको उत्पादन सडकमा पोख्न बाद्य छ !
 
अब भन्नोस्त आषाण १५ ले माथी उल्लेखित तरिकाहरु अपनाउन नछोडुन्जेल यो देसमा पार्टिले आफ्ना कार्यकर्ता एक दिन हिलोमा चोपलेर नारा लगाउन देसको समग्र कृषिप्रणाली सुध्रन्छ ? निश्चय पनि सुध्रदैन त्यसैले सरकार राजनितिक दल र उदाउदै गरेको नया नौजवानले सोच्न धेरै ढिला भै सकेको छ ।
प्रतिक्रिया दिनुहोस