नेपालगन्ज । इस्लाम धर्माबलम्बीको महान् पर्व बकर इदका अवसरमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भद्र बहादुर ओली (गोपाल)ले शुभकामना दिएका छन्। ओलीले सामाजिक सञ्जालमार्फत बकर इद मुबारक भन्दै शुभकामना दिएका छन्।प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन्- मुस्लिम समुदायको महान् चाड बकर-इदलाई भाइचारा र पारिवारिक मिलनको पर्व भन्दै शुभकामना व्यक्त गरेका छन्।
उनले शुभकामना सन्देशमा भनेका छन्, ‘इस्लाम धर्माबलम्बीहरुको महान पर्व इद-अल-अधा (बकर-इद)को शुभ अवसरमा नेपालका सम्पूर्ण इस्लाम धर्माबलम्बीहरु र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।’
उनले भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मबलम्बीहरुको महान् पर्व इद-अल-अधाले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ् गर्ने विश्वास लिएको बताएका छन्।