मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलमा तुलसीपुरले अन्तरास्ट्रिय लागू पदार्थ तथा अबैध तस्करी विरुद्धको दिबस मनाएयो

दाङमा लागुऔसध कारोबारि दिन प्रतिदिन उकालो लागदै, तुल्सिपुर ७ मा रहेको मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलमा अन्तरास्ट्रिय लागू पदार्थ तथा अबैध तस्करी विरुद्धको दिबस मनाएको छ ।

दिबसको अबसरमा बिद्यार्थीहरुले पछिल्लो समय बढ्दै गइरहेको लागु पदार्थ दुर्ब्यसनी , यसका असर र सामाधानका बिषयमा नाटक प्रस्तुत गरेका छन ।

त्यस्तै कक्षा ८ का बिद्यार्थीहरु बिकाश पोख्रेल ,दीक्षा के सी , मार्शल वलि , रिजन भण्डारी र कक्षा ९ का विद्यार्थीहरु निता के सी लगाएतके लागू पदार्थ दुर्ब्यसन समन्धी धारणा राखेका थिए । विद्यार्थीहरुले लागू पदर्थ दुर्ब्यसनबाट हुने असर बारे जानकारी दिदै लागू पदार्थ दुर्ब्यसन रोक्न सबै लाग्नुपर्ने कुरालाइ जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै बिधालयका प्रधानाध्यापक बासुदेब रिजालले लागू पदार्थ दुर्ब्यसनलाइ रोक्न सबै आ-आफ्नो ठाउबाट लाग्नुपर्ने र विद्यार्थीहरुले सिकेका कुरालाइ व्यबहारमा लागू गरि अरुलाइपनि यसबारेमा सिकाउन आग्रह गर्नुभयो ।

मेरिगोल्ड बोर्डिङका प्रधानाध्यापक बासुदेब रिजालको सभापतित्वमा सुरु भएको कार्यक्रममा बिद्यालया शिक्षकशिक्षिका र विद्यार्थीहरुको उपस्तिथि रहेको थियो भने कार्यक्रमको संचालन कक्षा १० मा अध्यनरत छात्रा बिपशा के सीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस