‘वालपेपर’ले यसरी सजाउनुस् कोठा

तेज वली सञ्चालक थ्रीडी वाल नेपाल सप्लायर्स

पछिल्लो समय सहरी क्षेत्रमा घरको कोठालाई आकर्षक बनाउन वालपेपरको प्रयोग बढेको छ । भित्तामा पेन्टिङ गर्ने झन्झटबाट मुक्त हुन पनि अधिकांशले ‘वालपेपर’ रोज्ने गरेका छन् । अर्को कुरा, वालपेपरमा फोहोर वा धब्बा लाग्यो भने पनि सहजै पुछेर सफा गर्न सकिन्छ । रङ लगाउनभन्दा वालपेपर प्रयोग गर्न केही सस्तो पर्ने भएकाले पनि धेरैको रुचि यसतर्फ बढेको हो ।

– जुनसुकै कोठाको भित्तालाई पनि वालपेपरले सजाउन सकिन्छ । त्यसैगरी, दराज, र्‍याकलगायतका फर्निचर र सिलिङमा पनि वालपेपर टाँस्ने गरिन्छ ।

– ‘वालपेपर’ विभिन्न डिजाइनमा उपलब्ध हुन्छन् । आफ्नो इच्छाअनुसार पनि ‘वालपेपर’मा बुट्टा भर्न सकिन्छ । अहिलो फोटो प्रिन्ट गरेर राख्ने चलन पनि बढेको छ ।

प्रकृतिप्रेमीहरूले प्राकृतिक दृश्य भएको राख्न सक्छन् । बालबालिकाको कोठामा कार्टुन प्रिन्ट भएको ‘वालपेपर’ टाँस्न सकिन्छ । आफ्नो मुड र कोठाको हिसाबले जुनसुकै डिजाइन रोज्न सकिन्छ । घरको लोकेसन र लाइटअनुसार ‘वालपेपर’को छनोट जरुरी हुन्छ ।

– ‘वालपेपर’ टाँस्ने ठाउँ सुक्खा, धुलो नभएको, सफा हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस