दंगीशरण-६ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

दंगीशरण । दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रमहरुको समिक्षा तथा वडा कार्यालयहरुको सेवा प्रवाह सम्बन्धि जनताको राए सुझाब तथा गुणासो सुनि जनताको प्रश्नको जवाफ दिन वडा–वडामा सार्वजनिक सुनुवाइ कार्यक्रमको शुरुवात गरेसङ्गै आज वडा नं. ६ मा सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ ।

पालिकाले वडा–वडामा पुगी २४ गते पालिका स्तरीय बृहत सार्वजनिक सुनुवाइ गर्ने पालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले जानकारी दिनुभयो । आज वडा नं.६ को कार्यालयमा वडा अध्यक्ष रोशन जंग शाहको अध्यक्षतामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो।

कार्यक्रममा उपस्थित सहभागीहरुले स्वास्थ्य सस्था,विद्यालय तथा वडा अध्यक्ष प्रती आफ्ना गुणासा तथा सल्लाह सुझावहरु राखेका थिए । उपस्थित सहभागीले गुणस्तरीय शिक्षा र महिला सहभागीतामुलक कार्यक्रम र कृषि तर्फ किसानको हित हुने किसिमका योजनाहरु ल्याउन आग्रह गरेका थिए। वडा नं. ६ का प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सस्था,विद्यालय, वडा कार्यालयका प्रतीनिधिहरुले उठेका प्रश्नहरुको जवाफ दिदै स्पष्ट पारेका थिए ।

सार्वजनिक सुनुवाइमा वडा नं. ६ को शिक्षा,स्वास्थ्य तथा कृषि सम्बन्धि समस्या र गुणासो राखेका थिए। कार्यक्रममा बोल्दै वडा अध्यक्ष शाहले आफुले जनताले महसुस गर्ने गरी वडालाई समृद्ध बनाउने सवालमा लागीपरेको बताउनुभयो ।

सुचना प्रवाहको सवाल देखी योजना गुणस्तरीयसम्म आफु खटियर लागीरहेको बताउने शाहले आफुले भौतीक पुर्वाधारको विकासलाइई मात्र विकास नठानि आगामि बजेटमा मानविय विकास हुने किसिमका कार्यक्रमलाई अगाडी सारीने बताउनुभयो ।

दंगीशरण गाउँपालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले स्वागत तथा कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेस संयोजक प्रमोद आचार्यले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस