दंगीशरणमा आजदेखि सार्वजनिक सुनुवाइ कार्यक्रम शुरु

दंगीशरण । दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रमहरुको समिक्षा तथा वडा कार्यालयहरुको सेवा प्रवाह सम्बन्धि जनताको राय सुझाब तथा गुणासो सुनि जनताको प्रश्नको जबाफ दिन आज देखी ७ वटै वडामा सार्वजनिक सुनुवाइ कार्यक्रमको शुरुवात गरेको छ ।

आज वडा नं. १ देखी शुरु गरीएको सार्बजनिक सुनुवाइ २४ गते पालिका स्तरीय गर्ने गरी आयोजना गरीएको पालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले जानकारी दिनुभयो । आज वडा नं. १ को कार्यालयमा वडा अध्यक्ष रमेश भण्डारीको अध्यक्षतामा सार्बजनिक सुनुवाइ सम्पन्न भएको हो ।

कार्यक्रममा उपस्थित सहभागीहरुले स्वास्थ्य संस्था, विद्यालय तथा वडा अध्यक्ष प्रती आफ्ना गुणासो तथा सल्लाह सुझावहरु राखेका थिए । उपस्थित सहभागीले रासायनिक मलको बिक्रि वितरण देखी गुणस्तरीय शिक्षा र महिला सहभागीतामुलक कार्यक्रमबारे गुणासो गरेका थिए ।

वडा नं. १ का प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य संस्था, विद्यालय, वडा कार्यालयका प्रतीनिधिहरुले उठेका प्रश्नहरुको जवाफ दिदै स्पष्ट पारेका थिए । ५ वर्ष पहिलेको कार्यकालमा कहिले यस्तो सार्वजनिक सुनुवाइ कार्यक्रम नभएको तर अहिले पालिकाले ७ वटै वडामा पुगी सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको प्रती स्थानीयवासीले खुसि ब्यक्त गरेका छन् ।

यस्तै वडा नं. १ की सहभागीले फुर्केसल्लिमा विद्युत, सञ्चारर स्वास्थ्य इकाइ प्रती चासो जनाउदै कहिलेदेखी सेवा पाउन सक्छौ भन्ने प्रश्नमा जवाफ दिदै वडा अध्यक्ष रमेश भण्डारीले आफुले चुनावकावेला गरेका प्रतीबद्दताहरु आफुले क्रमशः पुरा गर्ने चरणमा रहेको बताउनुभयो ।

विद्युतको लागी पोल विस्तार गरी तार तान्ने काम सकिएको र छिट्टै मिटर बक्स जडान गरी बिजुलि बत्ती फुर्केसल्लिमा उद्घाटन गरीने बताउनुभयो । यस्तै स्वास्थ्य इकाइको पहलमा पहिलो कार्यकालदेखीनै चासो राख्दै आउनुभएको गाउँपालिका उपाध्यक्ष पिमा वलिको पहलमा स्वास्थ्य इकाइ निर्माणाधिन रहेको र छिट्टै २ जना एच.ए सहितको सेवाप्रवाह गरीने तयारीमा रहेको बताउनुभयो ।

त्यस्तै सञ्चारबाट टाढारहेको फुर्केसल्लिमा नेपाल टेलिकमको टावर निर्माण भइरहेको र सञ्चार, स्वास्थ्य र बिजुलि बत्तीको पहुच पुगे फुर्केसल्लि पनि पालिकासङ्ग सजिलै जोडिने अपेक्षा रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । सार्वजनिक सुनुवाइमा स्थानिय बुद्धिजिबि मोहन चौधरी,यज्ञ बहादुर बिष्ट,बामदेव बिष्ट,हरीबहादुर विक लगाएतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

दंगीशरण गाउँपालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले स्वागत तथा कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो, भने कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेश संयोजक प्रमोद आचार्यले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस