विद्यार्थी शक्ति र बिश्वब्यापि नेतृत्व

काठमाडौ । आज सम्मको मानव सभ्यताको विकास सास्ती संघर्ष र सफलताको चक्र मात्र हो। मानिस युवा अवस्थामा मात्र शारिरिक र मानसिकदुवै अवस्थामा सक्रिय आन्दोलन विद्रोह जागरण शसक्तिकरण र विकास गर्न तयार बन्छ। आजको अवस्थामा युवा भनेकै विद्यार्थी हो।
 
बिधार्थि भनेको परिवर्तनको सम्बाह हुन्।मानब जिवनको उत्पत्ति देखि अहिलेको आधुनिक युग सम्म हेर्ने हो भने शिक्षाद्वारा मानब मस्तिकबिकाश र बिकसित मानसिकताले परिबर्तन गर्ने युग ।यि सबै युवा र बिद्धार्थि नै हुन्।

बिश्वमा बिधार्थिहरुले गरेका क्रान्ति र सफलताहरू धेरै छन्

अर्जेन्टीनाको काराडोवा शहरको राष्ट्रिय काराडोवा विश्वविद्यालयका विद्यार्थीहरुको संगठनले सन् १९२१ मा निकालेको ‘काराडोवामेनिफेस्टो’ लाई नै विश्वको विद्यार्संगठनको प्रथम घोषणा पत्र मानिन्छ। बेलायतमा सन् १०९६ मा अक्सफोर्ड र १२०९ मा क्याम्ब्रिजविश्वविद्यालयको स्थापना भयो। यी विश्वविद्यालयको प्रभावले नै सन् १२१५ मा म्याग्नाकार्टा आयो। सन् १६६३ मा अमेरीकामा हार्बडविश्वविद्यालयको स्थापना भयो। अमेरीकि स्वतन्त्र संग्राममा यो विश्वविद्यालयको ठुलो योगदान छ। विगतमा पूर्वमा पनि नालान्दा रतक्षशिला विश्वविद्यालयहरुमा विद्यार्थीहरुलाई युद्ध कला शाम, दाम, दण्ड, भेद सिकाईन्थ्यो।
 
बोल्सिभिक क्रान्ति पछाडि विश्वका विद्यार्थीहरु पुजिवाद र साम्यवाद दुई ध्रुवमा विभाजित भए। कसैले काल माक्र्सलाई देवता र कसैलेराक्षस मान्न थाले। इण्डोचाईना वार (भियतनाम युद्ध) रोक्नुपर्छ भनेर थालिएको अमेरीकी विद्यार्थी आन्दोलनले अमेरीकि राष्ट्रपतिलण्डन वी। जोन्सन्ले राजिनामा दिन वाध्य हुनुप¥यो। ओकिनावा टापुबाट अमेरीकी सेना नहटाएकोमा जापानका ३७ औं प्रधानमन्त्रिकिसि नोबुसुकेले सन् १९६० मा विद्यार्थीको दवावमा राजिनामा दिनुप¥यो। फ्रान्समा सन् १९६८ मा हाल नेपालको जस्तै अस्थिरराजनीति स्थिति थियो यसको फाईदा उठाउदै चाल्र्स दे गाल दोस्रो पटक राष्ट्रपति बने र उनले समाजवादको नाममा निरंकुश शासन सुरुगर्न खोजे त्यसबाट रिसाएका, असन्तुष्ट र निराश भएका विद्यार्थीहरुले सुरु गरेको आन्दोलनले सन् १९६८ मा उनलाई सत्ताच्यूतगरिदियो। यस आन्दोलनमा फ्रान्सका छात्राहरुको बाहुल्यता र नेतृत्व थियो। यस बिद्यार्थी आन्दोलनका नेता डोनी चोन बोन्देतले भनेकाथिए। आज फ्रान्समा तिम्रा माँगहरु पुरा गर्ने कोहि पनि मार्सल र नेताहरु छैनन, तिम्रा लागि कसैले केहि गरी दिने वाला छैन, त्यसैले तिम्राईच्छाहरुको अपनत्व स्वामित्व र दायित्व लिन आफै अगाडी बढ।
 
सन् १९११ मा सनयात सेनले विद्यार्थीहरुको सहयोगमा चीनबाट मञ्चु बंसको अन्त्य गरिदिए। सन् १९४२ देखि चिनियाँ विद्यार्थीहरुलेमाओको जनवादी क्रान्तिको समर्थनमा चीनको सवै कलेज र विश्वविद्यालयमा आफैले ताला ठोकेर क्रान्तिमा होमिए र क्रान्ति पनिसफल भयो। सन् १९८९ को तियन मेन चोकमा हजारौं चिनीयाँ विद्यार्थी स्वतन्त्रका लागि सहिद भए।
 
भारत छोडो आन्दोलनमा भारतका लाखौं विद्यार्थीहरु सुवास चन्द्र वोसको अजात हिन्द फौज र महात्मा गान्धीको अहिसांत्मकआन्दोलनमा सहभागि थिए। सन् १९८४ मा भारतको असम राज्यका विद्यार्थीहरुले केन्द्रिय सरकारसँग ४ वटा मागहरु राखी आन्दोलनसुरु गरे। आन्दोलन सुरु गरेको डेढ बर्षमा नै अल असम स्टुडेण्ट युनियनले विद्यार्थीहरुको सरकार बनायो। स्नातकोत्तर तहमा अध्ययनरत३२ वर्र्षीय विद्यार्थी नेता प्रफुलन महन्त विद्यार्थी आन्दोलनबाट असाम राज्यको मुख्य मन्त्रि बने। उनी लगातार सन् २००३ सम्म मुख्य मन्त्रिबनिरहे र सबै मागहरु पुरा गरिदिए। सन् १९८९ मा रुमानियाका कम्युनिष्ट तानाशाह राष्ट्रपति निकोलाई चाउचेस्कोलाई रुमानियाकोविद्यार्थी आन्दोलनले सत्ताच्यूत्त गरेको थियो। २० बर्ष देखी आफुलाई सुनको ट्वाईलेट बनाएको, श्रीमतिलाई ७० जोर सुनको जुत्ताबनाएको तर देशलाई गरिव बनाएकोमा विद्यार्थी आन्दोलन केन्द्रित थियो। रुमानियामा विद्यार्थी आन्दोलन चर्कदा अरव देशहरुकोभ्रमणमा रहेका चाउचेस्कोले भने रुमनियाको सत्ता ढल्न पिपलका बोटमा स्याउ फल्नुपर्छ। त्यसपछि विद्यार्थीहरुले कोल्ड स्टोरबाटरातारात स्याउ लगेर पिपलको बोटमा काँटीले ठोकेर स्याउ फलाईदिए। अन्त्यमा चाउचेस्कोलाई फाँसी दिइयो।
 
तत्कालिन सोभियत संघले डा। नाजिबुल्लाहलाई राष्ट्रपति बनाएपछि अफगानिस्तानबाट शरण लिएका पाकिस्तानको कुरानविश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको समूह नै तालिवान हो। धर्म युद्ध÷क्रुसेट÷जेहादको नारा लिएर त्यो विद्यार्थी संगठनलेअफगानिस्तानमा तालिवान सरकार बनायो र डा। नाजिबुल्लाहलाई राष्ट्रपतिको कुर्सीबाट तानेर सडकमा ल्याएर ढुंगाले हिर्काएरमारियो। सन २०२१ मा पुन तालिवानहरु अफगनिस्थानको सत्तामा आएका छन्।
 
सन् १९६६ देखी १९९८ सम्म लगातार बत्तीस वर्ष सासन सत्तामा रहेका इन्डोनेसियाका राष्ट्रपति सुहार्तोलाई ३१ अर्व डलर भ्रष्टचार गरेकोआरोपमा इन्डोनेसियाको Action Front of Indonesian Students आन्दोलनले सत्ताच्युत गरिदियो। फिलिपिन्सका भ्रष्ट राष्ट्रपतिफरडीनान्ड इ। मार्कोसलाई फिलिपिनो विद्यार्थी आन्दोलनले सन् १९८६ मा सत्ताच्युत गरिदियो। सन १९७९ को इरानको विद्यार्थीआन्दोलनले त्यहाँको २५०० बर्ष पुरानो राजतन्त्रको अन्त्य ग¥यो। अन्तिम राजा मुहमद्ध रेजा पल्लाभीलाइ सत्ता च्यूत गर्दा बिद्यार्थीहरुलेकलेजको शुल्क अच्चाकालि बढाएको र दैनिक उपभोग्य बस्तुको बजार भाउले अकाश छोएको बिषयमा बिद्यार्थी आन्दोलन केन्द्रितथियो।
 
बर्मामा सन् १९८८ को अगष्टमा आन साङ सुकीको नेतृत्वमा जुन्ता सरकारको विरुद्धमा भएको आन्दोलनमा हजारौं विद्यार्थीहरु मारिए, यसै विद्यार्थी आन्दोलनको प्रभावले सन् १९९० मा जुन्ता सरकार आम चुनाव गर्न बाध्य भयो। यस चुनावमा सुकीको पार्टी एनएलडिलेसंसदको ८२ प्रतिशत सिट जित्यो। वर्तमान अवस्थामा पनि सैनिक शासन विरुद्ध बर्मामा विद्यार्थी आन्दोलन जारी नै छ। सन् १९७० कोपूर्व र पश्चिम पाकिस्तान छुट्टिने क्रान्तिमा बंगलादेशका लगभग २० हजार विद्यार्थीहरु मारिएका थिए। यसपछि बंगलादेश स्वातन्त्र भयो।
 
२४ वर्षिय शिक्षित मुहमद्ध बाउजीजी भन्ने बरोजगारले प्रहरीको दमनपछि आत्महत्या गरेको कारणले ट्युनिसियामा २ दशक सत्तामाबसेका राष्ट्रपति विन अलिलाइ चमेली क्रान्तीले डाडो कटायो। अरबको बसन्त बिद्यार्थी आन्दोलनले लगातार ४० बर्ष सम्म निरंकुसशाशन गरीरहेका लिवियाका राष्ट्रपति कर्नेल कद्धाफि र इजिप्टका राष्ट्रपति होष्नी मुवारकलाइ बडारेन मात्र उडायो पनि।
 
हङकङ्गको अर्मेला बिद्यार्थी आन्दोलन पछि त्याहाँको लेजिस्लेटिभ काउन्सिल अफ हङकङ्गको १८ वटा निर्वाचन क्षेत्रहरु मध्ये १७वटामा अधिकाशं २५ बर्ष मुनिका बिद्यार्थीहरु सन २०१६ को निर्वाचनमा विजय भएका थिए। विद्यार्थी आन्दोलनको परीणम स्वरुप सन२०२१ को नोभेम्बरमा विद्यार्थी आन्दोलनका ३५ वर्षिय नेता ग्रावियल बोरीक चिलीको राष्ट्रपतिमा निर्वाचित भएका छन्।
 
नेपालमा विस २००४ सालमा जयतु संस्कृतम विद्यार्थी समुहले राणा शासनको अन्त्य गर्न ठुलो भुमिका खेलेका थिए। त्यस्तैपाकिस्तानका राष्ट्रपति जुल्फिकर अलि भुटोलाई सैनिक साशकले फासि दिएको विरोधको विश्वव्यापि प्रभाव स्वरुप नेपालकाविद्यार्थीहरुले २०३६ सालको विद्यार्थी आन्दोलन गरे। विसं २०३६ सालको जनमत संग्रहको घोषणा, विसं २०४६ सालको बहुदलियप्रजातान्त्रिक आन्दोलन र विसं २०६२÷६३ को गणतान्त्रिक आन्दोलनमा नेपालका विद्यार्थीहरुको अतुलनिय योगदान छ। विकासकालागि राजनीति वा नेपाललाई विकसित आधुनिक आद्यौगिक लोकतान्त्रीक राष्ट्र बनाउन नेपालमा विद्यार्थी आन्दोलनको आवश्यकताछ।
 
के अव नेपालमा युवाहरुले बिद्रोह, निर्णायक कु गरेर सत्ता कब्जा गर्ने समय आएकै हो त?? 
प्रतिक्रिया दिनुहोस