उदयपुर बेलटार घर बताउने समीर राई डाेल्पामा मृत अवस्थामा फेला,आफन्तलाई सम्पर्कमा आउन  अनुराेध

डाेल्पा – ‍जिल्ला डोल्पा ठुलिभेरी न.पा. वडा नं. ४ तिप्ला गाँउदेखी दुनै बजार तर्फ पैदल आउदै गरेका उदयपुर जिल्ला बेलटार घर बताउने  अन्दाजी ३२ बर्षका  समिर राई मृत अवस्थामा फेला परेका छन् ।  यहि जेठ ५ गते राती अन्दाजी ८:३० बजेकाे समय  डाेल्पाकाे ठुलीभेरी नगरपालिका वडा नं.०४ तिप्ला चौतारा मोड स्थित निर्माणाधिन सडक छेउबाट चिप्लिएर अन्दाजी ३०० मिटर तल निर्माणाधिन सडकको छेउमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ ।

मृतक  लासको जाँच प्रकृति मुचुल्का समेतको प्रारम्भिक अनुसन्धानको कार्य पुरा गरी मृतक लासलाई पोष्ट मार्टमको लागी जिल्ला अस्पताल दुनै डोल्पाको शव गृहमा ल्याई राखिएको हुँदा मृतक समिर राई भनिने ब्यक्तिको स्थायी वतन एकिन नभएकोले सनाखत हुन नसकी निजका आफन्तलाई खबर जानकारी गराउन कठिन भएकाे प्रहरीले जनाएको छ ।

मृतक राई  (बर्ण, कल्साउँदो, गोलो अनुहार भएको, उचाई ५ फिट ३ ईन्च, कपाल लामो, शरिरको माथिल्लो भागमा निलोमा सेतो खैरो बुट्टे सट, भित्र रातो भेस्ट र तल्लो भागमा निलो जिन्सको पाईन्ट लगाएको ) समिर राई भन्ने ब्यक्तीलाई चिन्नुहुने महानुभावहरुले जिल्ला प्रहरी कार्यालयको सम्पर्क नं. ०८७-५५००५६९८५८३९०५८६ मा सम्पर्क गरी  सहयोग गरिदिन हुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस