डाेल्पा – डाेल्पा जिल्लामा नेपाल प्रहरीले पछिल्लो समय अबैध मानिने अफिम खेती धमाधम नष्ट गर्ने अभियान चलाएकाे छ । स्थानीयले अफिम खेती गरेको गोप्य सुचनाका आधारमा प्रहरीले अफिम नष्ट गरेको गर्दै आएकाे हाे ।जिल्ला प्रहरी कार्यलय डोल्पा बाट प्रहरी निरीक्षक नवीन चापागाईको कमाण्डमा खटिएको २७ जनाको टोलिले मंगलबार त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ भित्र पर्ने भु गाउँ भन्ने ठाउँमा १२ रोपनी र बैशाख २६ गते निरीक्षक चापागाईको कमाण्डमा खटिएको २९ जनाको प्रहरीले ल्हाँ गाउको एकान्त भन्ने स्थानमा १० रोपनी गरि दुई चरणमा २२ रोपनी लगाईएको अफिम फरानी गरि नष्ट गरिएको छ ।
डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर ५ भित्र पर्ने दुई स्थानमा दुई पटक खटिएको प्रहरीको टोलिले २२ रोपनीमा लगाईएको अफिम नष्ट गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक शिव बुढाथोकीले जानकारी दिनुभयाे ।
डिएसपी बुढाथोकीका अनुसार अफिम खेती लगाईएको छ भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यलय डोल्पाबाट खटिएको प्रहरी टोलिले अफिस खेती लगाईएको ठाउमै गएर नष्ट गरेको हाे । अफिम कस्ले लगाएको भन्ने बारे सोद खोज तथा ठुलो परिमानमा लगाएको अफिम कस्ले लगाएको भन्ने अनुसाधान भैरहेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ ।
डोल्पाका तल्लो भेगकका स्थानीयले लुकाइ छिपाइ अफिम खेती गर्ने गरेको थाहा हुन आएकोले थप अनुसन्धान भैरहेकोले दोषि भेटिए कानुन बमोजिम कार्बाही हुने प्रहरीको दावी रहेको छ । प्रहरीले ठुलो परिणाममा अफिम खेती फरानी गरेता पनि अहिलेसम्म कुनै पनि ब्यक्ति वा लगाउने मान्छेहरु फेला पार्न सकेको छैन ।