जेठ ५ गते देखि निकुञ्ज क्षेत्र बाहिरका ३ गाउँपालिकामा हिउ चितुवा सर्वेक्षण गरिदै

डोल्पा – डोल्पामा निकुञ्ज क्षेत्र बाहिरका ३ गाउँपालिकामा हिउ चितुवा सर्वेक्षण गरिन लागिएकाे छ । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्र भन्दा बाहिर पनि हिउ चितुवाको सर्वेक्षण गर्न लागिएको हो । जिल्लाका काईके गाउँपालिका,डोल्पोबुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा हिउचितुवा सर्वेक्षण हुनेछ । डब्लुडब्लु एफ को करिब ४४ लाख आर्थिक तथा प्राबिधिक सहयोगमा हिउचितुवाको थप तथ्याङ्क निकाल्न लागिएको डिभिजन बन कार्यालय डोल्पाका डिभिजन प्रमुख महेश कुमाइले जानकारी दिए ।

सोमबार दुनैमा अन्तरक्रिया कार्यक्रममा शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्र भन्दा बाहिर पनि हिउ चितुवाको सर्वेक्षण गर्न लागिएको जानकारी गराइएकाे हो । मध्यवर्ति क्षेत्र र सामुदायिक बन क्षेत्र पर्ने भएकोले डिभिजन बन कार्यालयसँग सहकार्य गरेर डब्लुडब्लु एफ नेपालले यो काम गर्ने छ । यो सर्वेक्षणपछि पश्चिम भु परिधिको हिउ चितुवा र पारिस्थितिकिय ब्यवस्थापनमा सहयोग पुग्नेछ भने जिल्ला र स्थानी निकायाकाे पहिचान हुनुका साथै अन्तराष्ट्रिय स्तरमा नेपालको फरक पहिचान हुनेछ डब्लुडब्लु एफ नेपालको दाबी हरेको छ ।

बिश्वमा हिउँ चितुवा पाउने राष्ट्रमा चौथो स्थानमा पर्दछ भने शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज बिश्वकै अग्लो स्थानमा हिउँ चितुवा पाउने निकुञ्जमा पर्दृछ । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा २०२३ को तथ्याङ्क अनुसार ९० वटा हिउँ चितुवा छन भने १०० वर्ग मिटरमा २ हिउँ चितुवा पाउने तथ्याङ्क रहेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख स‌रक्षण अधिकृत लाल बहादुर भण्डारीले जानकारी दिए । अब नयाँ सर्वेक्षणमा ८ वाइ ८ किलो मिटर ४१ डिग्रिमा कुल १ सय ८८ वटा स्वचालित क्यामेरा राखेर सर्वेक्षण गरेपछि अन्तिममा सफ्टवयर मार्फत तथ्याङ्क स‌कलन गरिनेछ ।

तिन गाउँपालिकामा १० वटा समुहमा एक समुहमा १० जनाका दरले ३० जनाले ६० दिन सम्म फिल्डमा काम गर्नेछन । १५ दिन क्यामेरा उठाउन लाग्ने छ भने ४५ दिन क्यामेरा राखेर हिउँचितुवाको तथ्याङ्क स‌कलन गरिने डिभिजन बन कार्यालय डोल्पाले जानकारी दिएको छ । काईकेबाट ६ जना डोल्पोबुद्ध बाट ६ जना र छार्काताङसोङ बाट १८ जना गरी ३० जना स्थानीय डब्लुडब्लु एफ नेपालका दुइ जना अनुसन्धानकर्ता र निकुञ्जबाट २ जना नागरिक बैज्ञानिकले एक ६० दिन लगायर हिउँ चितुवाको सर्वेक्षण गरि तथ्याङ्क निकाल्नेछन । कार्यक्रम स‌ञ्चालक कार्यालयले स्थानीय सरकारलाइ क्यामेरा नागरिकलाइ जोगाइदिन सहयोग गरिदिन अनुरोध गरेको छ । हिउँ चितुवा सर्वेक्षण गर्ने टोलीले यहि जेष्ठ ५ गते देखी असार २५ गते सम्म काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस