डाेल्पाकाे ठुलीभेरी नगरपालिकामा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि दुई दिने अभिमुखिकरण सम्पन्न

डाेल्पा – ठुलीभेरी नगरपालिका शिक्षा, यूवा तथा खेलकुद शाखाकाे आयाेजनामा नगरपालिका भित्रका सामुदायीक बिधालयका प्रधानाध्यापकहरुलाई  दुई दिने स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि दुई दिने अभिमुखिकरण तालिम सम्पन्न भएकाे छ । ठुलीभेरी नगरपालिका भित्र रहेका २३ वटा सामुदायिक विधालयका प्रअ तथा प्रतिनिधिलाई दुई दिन सम्म एकिकृत पाठ्यक्रम निर्माण सम्बन्धि अभिमुखिकरण तथा कक्षा १-३ काे स्थानिय पाठ्यक्रम  निर्माण कार्यशाला सम्पन्न भएको छ ।

नगरपालिका भित्रका सामुदायीक बिधालयमा कक्षा १-३ काे पाठ्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तथा स्थानीय पाठ्यक्रम  निर्माण गरी कार्यान्वयन गर्न याे कार्यशालामा जाेड दिइएकाे थियाे । ठुलीभेरी नगरपालिका कक्षा १-३ काे लागि स्थानीय पाठ्यक्रम निर्माण गर्ने तयारीमा छ ।
दुई दिन सम्म संचालित  एकिकृत पाठ्यक्रम निर्माण सम्बन्धि अभिमुखिकरण तथा कक्षा १-३ काे स्थानिय पाठ्यक्रम  निर्माण कार्यशालाकाे ठुलीभेरी नगरपालिका का  प्रमुख  प्रशासकीय  अधिकृत  सुकदेव लम्साल,  त्रिपुरासुन्दरी नगरपालिका का शिक्षा अधिकृत भिम थापा, आदर्श मा.वि.जुफालका शिक्षक शेर बहादुर खत्री र डाेल्पा सर्वागिङ विकास समाज (डिएसबिएस) का याेगेन्द्र बुढाले सहजिकरण गरेका थिए ।

स्थानीय पाठ्यक्रम र यसकाे कार्यान्वयनकाे लागि शिक्षकहरुलाई नियमित रुपमा अभिमुखिकरण गर्नु अाबश्यक छ । यसका लागि नगरपालिकाले आगामी दिनमा कार्यक्रम संचालन गर्ने ठुलीभेरी नगरपालिका शिक्षा  युवा तथा खेलकुद शाखा निमित्त प्रमुख कमल बुढाले बताए ।

पछिल्लो समय डाेल्पाका स्थानीयतहहरु धमाधम स्थानीय पाठ्यक्रम निर्माण गर्ने तयारीमा छन । स्थानीय पाठ्यक्रम प्रारुप २०७६ अनुसार स्थानीय तहहरुले स्थानीय तहले पाठ्यक्रम निर्माण गरि कार्यपालिका बाट स्वीकृत गरेर लागू गर्न सक्ने व्यवस्था रहेकाे छ ।
यस्तै ठुलीभेरी नगरपालिका भित्र रहेका सामुदायिक विधालयहरुलाई प्रमुख प्रशासकीय  अधिकृत  सुकदेव लम्साल द्दारा विधालयमा बहु क्षेत्रिय पोषण कार्यक्रम अन्तरगत  विद्यार्थीहरुलाई स्व्च्छ पानी पिउनको लागि  फिल्टर बितरण गरिएको ठुलीभेरी नगरपालिकाले जनाएको छ ।                                                                   

प्रतिक्रिया दिनुहोस