भीम रावल गल्तीमाथि गल्ती गर्दै हुनुहुन्छ : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालले कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले यस्तो आरोप लगाएका हुन् ।

रावल पार्टीका निर्णयको खिलाफमा उभिएको उपाध्यक्ष पौडेलको भनाई छ । ‘भीम रावलले अनुशासन उल्लंघन गर्नुभएको छ । उहाँले पार्टी सदस्यको कर्तव्य निर्वाह गर्नुभएको छैन । उहाँले पार्टीका निर्णयको खिलाफमा उभिनुभएको छ,’ उनले अगाडि भने, ‘पार्टीलाई कमजोर पार्ने काम गर्नुभएको छ । एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । कहिले पत्रकार सम्मेलन, कहिले क्रिया प्रतिक्रियामा उत्रिनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस