डाेल्पाकाे जगदुल्ला गाउँपालिकाले गरिदियो सबै घरपरिवारलाई स्वास्थ्य बिमा

डाेल्पा – हिमाली जिल्ला डाेल्पाकाे जगदुल्ला गाउँपालिकाले पालिकका भित्रका सम्पूर्ण घरपरिवारलाई स्वास्थ्य बिमा गरिदिएकाे छ । उक्त स्थानीय सरकारले पालिका भित्रका जम्मा ५ सय ५९ घरपरिवारलाई स्वास्थ्य बिमा गरिदिएकाे हाे । स्वास्थ्य बिमाकाे महत्त्वलाई बुझेर आम नागरिकलाई स्वास्थ बिमा कार्यक्रम मार्फत पाउने सेवा सुविधाबाट बञ्चित हुन नदिन प्रत्येक नागरिककाे आबद्व सुल्क गाउँपालिकालेनै बेहाेर्ने गरि गाउँ कार्यपालिकाकाे निर्णय सहमति तथा स्वास्थ्य बिमा कार्यालय डाेल्पा संगकाे सम्झाैता अनुसार गाउँपालिका भित्रका सबै घरपरिवारलाई स्वास्थ्य बिमा गरिदिएकाे जगदुल्ला गाउँपालिका डाेल्पाका अध्यक्ष नारसिंह राेकायाले बताए । स्वास्थ्य बिमा मार्फत सबै नागरिकले विभिन्न स्वास्थ्य सम्बन्धित समस्याको उपचारमा सेवा सुविधा पाउने बिश्वास रहेकाे गापा अध्यक्ष राेकायाकाे भनाइ छ ।

यस कार्यक्रममा समुदायका सबै घरपरिवार स्वयंम आबद्ध हुने संभावना नदेखिएपछि आबद्धता शुल्क गाउँपालिकालेनै बेहाेर्ने गरी कार्यक्रममा आबद्व गराई निरन्तरताको लागि सक्रिय बनाउन यस आ.व काे बजेटबाट रु १४ लाख छुट्याइएको र उक्त बजेट अपुग हुने देखिएपछि फेरि रु ५ लाख २८ हजार ५ सय ५० रुपैयाँ थप गरि जम्मा १९ लाख २८ हजार ५ सय ५० रुपैया स्वास्थ्य बिमा बाेर्डलाई भुक्तानी गरेकाे जगदुल्ला गाउँपालिका डाेल्पाका प्रमुख प्रशासकीय अधिकृत केशब राज जैसीले बताए ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रकाे नीति तथा कार्यक्रम तय गर्दा जगदुल्ला गाउँपालिकाले स्वास्थ्य बिमालाई प्राथमिकतामा राखी कार्यनयन गरेकाे जगदुल्ला गाउँगाउपालिका स्वास्थ्य संयाेजक निमा छिरिङ बुढाले बताए । संयाेजक बुढाले भने” सेवा सुविधा राम्राे पाएमा आगामी दिनमा स्वयंम परिवारले आफै निरन्तरता दिने छन । पालिकाले सबै घरपरिवार समावेश गर्न खाेज्दा पनि केही घरपरिवारले अस्वीकार गरेकाे उनले बताए ।
डाेल्पा जिल्लाका समुदाय स्तरमा स्वास्थ्य बिमाकाे महत्त्व धारणा बारेमा नागरिकले अझैप पनि बुझ्न नसकेकोले बिमितकाे संख्या बढ्न नसकेको स्वास्थ्य बिमा बाेर्ड जिल्ला शाखा डाेल्पाका संयाेजक राजन कुमार डाँगी बताए । डाेल्पा जस्ताे दुर्गम जिल्लाका नागरिकलाई जुनसुकै समयमा स्वास्थ्य सम्बन्धि जे पनि समस्या हुन सक्छ त्यसैलाई मध्यनजर गर्दै जगदुल्ला गाउँपालिकाले सबै नागरिकलाई स्वास्थ्य बिमा गरि उदाहरणीय कार्य गरेकाे संयाेजक डाँगीले बताएका छन । नागरिकले स्वास्थ्य बिमा गरे बापत स्वास्थ्य बिमा मापदण्डअनुसार विभिन्न राेगकाे निशुल्क उपचार गर्न पाउछन् ।

जगदुल्ला गाउँपालिका गत आ.ब काे कार्यसम्पादन मुल्यांकनमा कर्णाली प्रदेशमै उत्कृष्ट भई प्रथम स्थान हासिल गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस