जातिय छुवाछूत विरुद्ध कार्यक्रम

५८औ अन्तराष्ट्रिय जातीय बिभेद उन्मुलन दिवस(२१मार्च) का सन्दर्भमा तुलसीपुरमा र्याली तथा सम्मान कार्यक्रम गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना र १७ बढी संघको सह आयोजनामा र्याली तथा सम्मानको कार्यक्रम गरिएको थियो ।
पत्रकारिताको क्षेत्र बाट दलित सशक्तीकरण र सामाजिक न्यायको क्षेत्रमा काम गरेको भन्दै एस टि एन टेलिभिजनका प्रबन्ध निर्देशक सुशील बस्नेत सम्मानित हुनु भएको छ । त्यस्तै दलित समुदायका जेष्ठ नागरिक ९५ बर्षिय पार्वती बिक , ९१ बर्षिय आसुरी नेपाली र ८९ बर्षिय पर्शुराम दमाईलाई नगद सहित सम्मान गरिएको थियो ।
त्यस्तै दलित अगुवा जोगेन्द्र बिश्वकर्मा, आरन पेसाकर्मी बिक्रम बिक, रमेश बिक, र सारङी पेसामा आवद्ध गणेश गन्धर्व र बच्छु कैलाश बिश्वकर्मा , दलित पत्रकार वसन्त परियार , बिद्यार्थी बिमल नेपाली र सीता बिकलाई सम्मान गरिएको थियो ।
नगर प्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा दलित अधिकारकार्मी निर्मल नेपालीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्मा , प्रदेश सभा सदस्य रेखा शर्मा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सहजीकरण महिला बालबालिका तथा सामाजिक बिकास शाखा प्रमुख माया शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस