अखिल (क्रान्तिकारी)ले भन्याे- ‘बबई क्याम्पसमा नेविसंघसङ्ग तालमेल छैन’

तुलसीपुर । स्ववियु निर्वाचनको पुर्वसन्ध्यामा अखिल (क्रान्तिकारि) दाङले अनेरास्ववियु सङ्ग तालमेल गरि अघि बढेको स्पष्ट पारेको छ । विभिन्न क्याम्पसमा सङ्गठनकाे सल्लाह बिपरित उम्मेदवारी घाेषणा गरेर नेविसंघ लगायत अन्य सङ्गठन सङ्ग तालमेल गरेकाेमा आधिकारिक नभएको विज्ञप्ति निकालेर जानकारी गराएकाे छ । साथै अनेरास्ववियु र अनेरास्ववियु छैटौं सङ्ग मात्र तालमेल भएकोले आधिकारिक उम्मेदवार लाई मत हालेर विजयी बनाउन आग्रह गरिएको जिल्ला संयाेजक गिर बहादुर महराद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै संगठनकाे नियम विपरीत लाग्नेलाई कारबाहि गरेको छ । राप्ती बबई क्याम्पसमा आधिकारिक उम्मेदवार नरहेको भन्दै भद्र बहादुर खत्री, उम्मेदवार जेनि ढकाल शर्मा,तिलकराज डागि , टेकराज बुढाथोकी र रिता कुमारी थापालाई साधारण सदस्य समेत नरहने गरि कारवाहि गरेकाे छ ।

उनिहरुले राप्ती बबई क्याम्पसमा नेविसंघ सङ्ग तालमेल गरि उम्मेदवार दिएका थिए ।

प्रतिक्रिया दिनुहोस